यो दशैंमा नयाँ इलेक्ट्रिक स्कुटर याडिया ओविन भित्रिने
काठमाडौं – नेपालका लागि याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु...
काठमाडौं– इलेक्ट्रिक स्कुटर याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपालले अंग्रेजी नयाँ वर्ष–२०२४ को अवसरमा नगद छुट अफर ल्याएको छ । उक्त अफर अन्तर्गत याडियाका दुई मोडल एम६ र ई८एस प्रोमाको खरिदमा ग्राहकले १० हजार नगद छुट पाउनेछन् ।
१ लाख ७५ हजार र २ लाख ३० हजार रुपैयाँमा बिक्री हुँदै आएका यी स्कुटरमा १० हजार छुट दिएर १ लाख ६५ हजार र २ लाख २० हजारमा बिक्री गरिने कम्पनीले जनाएको छ । चिनियाँ ईभी निर्माता याडिया इलेक्ट्रिक टु–ह्विलरमा विश्वासिलो र प्रिमियम ब्रान्ड मानिन्छ ।
कम्पनीले बिक्री गर्दै आएको ई८ एस प्रोमा ३८ एम्पियर आवरको ग्राफिन ब्याट्री र २.८ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । ६० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिने यो स्कुटरले सिंगल चार्जमा १२० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । यसको दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ ।
त्यसैगरी सस्तो मोडल एम६ मा २६ एम्पियर आवरको ग्राफिन ब्याट्री र २.१ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यो स्कुटरलाई ४५ किलोमिटर प्रतिघन्टाको उच्च गतिमा हाँक्न सकिन्छ भने रेन्ज ९० किलोमिटर रहेको छ । यसको अगाडी डिस्क र पछाडी ड्रम ब्रेक पाउन सकिन्छ ।
काठमाडौं – नेपालका लागि याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु...
काठमाडौं – एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर...
काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने अवतार ईभीको मूल्य १ करोड ४५ लाख...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...