नारायणगढ मुग्लिन सडक खण्ड दैनिक ४ घण्टा बन्द हुने

काठमाडौँ - आगामी पुस ७ गतेदेखि नारायणगढ मुग्लिन सडक खण्ड  दैनिक ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि पुस ७ गतेदेखि ३ हप्तासम्म बिहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैठकले तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय गरेको छ ।

अघिल्लो वर्षपनि सो सडक खण्डमा पुल निर्माणका लागि पुस ५ गतेबाट नै सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो । यो वर्ष पनि पुस ७ गतेदेखि ३ हप्तासम्म ४ घण्टा सडक बन्द गरेर काम गरिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

सडक आयोजनाले सो सडक खण्डमा प्याकेज बनाएर पुल निर्माणको काम अघि बढाइरहेको छ । 

सम्बन्धित समाचारहरू

बिपी राजमार्गको क्षतिग्रस्त खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिँदै

बिपी राजमार्गको क्षतिग्रस्त खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिँदै

काभ्रेपलाञ्चोक – गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी...

दशैं–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने

दशैं–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसपटक दशै–तिहारमा...

महानगर यातायातको अध्यक्षमा सन्तोष खतिवडा चयन, यस्तो बन्यो कार्यसमिति

महानगर यातायातको अध्यक्षमा सन्तोष खतिवडा चयन, यस्तो बन्यो कार्यसमिति

काठमाडौँ – महानगर यातायात प्रालिको तेस्रो अधिवेशनले सन्तोष खतिवडालाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...