चोभारको मञ्जुश्री पार्कमा क्यानोपी जिपलाइन सुरु, यसरी पुग्न सकिन्छ

काठमाडौँ - काठमाडौँको चोभार स्थित मञ्जुश्री पार्कमा क्यानोपी जिपलाइन सञ्चालनमा आएको छ । तीन चरण गरेर खेल्न पाइने जिपलाइनको कुल लम्बाइ करिब ४ सय मिटर छ । सबै चरणको जिपलाइन खेल्न करिब १० मिनेट लाग्छ ।

जिपलाइन खेल्दा गरिने अनुभूति अनुसार पहिलो चरणलाई  'एड्भेञ्चर', दोस्रोलाई 'डेयर डेभिल्स' र तेस्रोलाई  'द फन' नामकरण गरिएको छ । लोकप्रिय नायिका वर्षा राउतले शनिबार जिपलाइन उद्घाटन गरेकी छन् । उनले ३ चरणको जिपलाइनमा अन्यत्र भन्दा फरक र रोचक अनुभव लिएको बताइन् । 

जिपलाइनका क्रममा मञ्जुश्रीले काटेको चोभारको आकर्षक गल्छी, जलबिनायक मन्दिर, चोभारको गुम्बा, नवनिर्मित सुख्खा बन्दरगाह, चम्पादेवी र चन्द्रागिरि डाँडा, काठमाडौँ तथा ललितपुरका सुन्दर दृश्यावलोकन गर्न सकिनेछ । टेकअफ टावरबाटै सुन्दर हिमशृङ्खला देख्न सकिन्छ ।

जेबी एड्भेन्चर प्रा. लि.ले पर्यटन विभाग र स्थानीय तहसँग स्वीकृति लिएपश्चात् जिपलाइन सञ्चालनमा ल्याउन ल्याएको कम्पनीका निर्देशक  पञ्चलाल महर्जनले जानकारी दिए ।

दैनिक ३ सयदेखि ३५० जनासम्मले जिपलाइन खेल्न सक्छन् । जिपलाइन हरेक दिन बिहान १० बजेदेखि साँझ ५:३०बजेसम्म सञ्चालन हुने उनको भनाइ छ । १ सय किलोग्राम तौल भएकासम्मले जिपलाइन खेल्न मिल्ने महर्जनले जानकारी दिए । 

कति लाग्छ शुल्क ?

कम्पनीले जिपलाइनको पुरै प्याकेज केही समयका लागि १२ सय रुपैयाँ प्रतिव्यक्ति उपलब्ध गराउनेछ । तर पूरै नगरेर एक स्टेप मात्रै जिपलाइन गर्ने हो भने ५ सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्नेछ ।

टेण्डम (जोडी) जिपलाइनको मज्जा १ हजार ५ सय रुपैयाँमै लिन सकिन्छ । विद्यार्थी (परिचय पत्र सहित) र किर्तिपुर नगरपालिकाको वडा नम्बर ६ का स्थानीयले सबैखाले जिपलाइनमा २५ प्रतिशत छुट पाउनेछन् ।

कसरी पुग्ने ?

एकान्तकुनाबाट मेडिसिटी हस्पिटल हुँदै २ किलोमिटरको दूरीमा मञ्जुश्री पार्क पुग्न सकिन्छ । सार्वजनिक सवारीमा जाँदा रत्नपार्क वा लगनखेलबाट दक्षिणकाली जाने गाडी चडेर जान सकिन्छ । रिङरोडको बल्खुबाट जान पायक पर्नेले सिधै बल्खु गएर ३ किलोमिटर दक्षिण जाँदा पनि पुगिन्छ । बल्खुबाट सार्वजनिक सवारी सहजै पाइन्छ ।

कम्पनीले चोभारमा एडभेञ्चर हब नै बनाउने गरी परियोजना विकास गर्दैछ । जिपलाइन पनि सोही अन्तर्गतको परियोजना भएको महर्जन बताउँछन् । उनले भने,'हामीले जिपलाइन सञ्चालन गरिसकेपश्चात क्रमश: अन्य गतिविधि पनि लञ्च गर्छौँ । जसका लागि तयारी भइरहेको छ । यो ठाउँलाई एडभेञ्चर हब बनाउने हाम्रो लक्ष्य हो ।'

कम्पनीले चोभारमा ग्लास ब्रिजमा बञ्जी र स्विङ, स्काइ साइक्लिङ लगायत अन्य एड्भेञ्चरसँगै होटल तथा बिग सिनेमाको निर्माण छिट्टै सुरु गर्ने महर्जनले बताए । 

सम्बन्धित समाचारहरू

४ वटा सवारी साधन एकआपसमा ठक्कर खाँदा ३३ जना घाइते

४ वटा सवारी साधन एकआपसमा ठक्कर खाँदा ३३ जना घाइते

मकवानपुर – मकवानपुरको रातमाटेमा ४ वटा सवारी साधनहरु एक आपसमा ठक्कर खाँदा...

इम्बोस्ड नम्बर प्लेट नराख्ने सवारी साधनलाई साउन देखि कारवाही गरिने (सूचना सहित)

इम्बोस्ड नम्बर प्लेट नराख्ने सवारी साधनलाई साउन देखि कारवाही गरिने (सूचना सहित)

काठमाडौं – बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनले असार मसान्त...

गुगल म्याप्समा अब काठमाडौंको लाइभ ट्राफिक हेर्न सकिने

गुगल म्याप्समा अब काठमाडौंको लाइभ ट्राफिक हेर्न सकिने

काठमाडौं – गुगल म्याप्समा अब काठमाडौंको लाइभ ट्राफिक फिचर समेत उपलब्ध हुन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...