होन्डाले ११० सिसीको अर्को नयाँ स्कुटर ल्याउने
होन्डाले भारतमा आफ्नो लोकप्रिय स्कुटर स्कुपी ११० को प्योटेन्ट दर्ता गरेको...
काठमाडौं – नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नेपाली बजारमा लोकप्रिय रहेको डियो स्कुटर अब स्मार्ट भेरिएन्टमा ल्याउने भएको छ । कम्पनीले यसका लागि बुकिङ प्रारम्भ गरेको छ ।
होन्डा डियो पहिले देखि नै नेपाली बजारमा रुचाइएको स्कुटर हो । यसका विभिन्न भेरिएन्ट उपलब्ध भए पनि अब नयाँ स्मार्ट भेरिएन्टमा आउने भएको हो । यसमा विभिन्न स्मार्ट फिचर उपलब्ध छन् ।
सो स्कुटरमा विभिन्न स्मार्ट फिचर उपलब्ध छन् । यसमा साइलेन्ट स्टार्टको सुविधा छ । साइलेन्ट स्टार्टमा भएको इको–फ्रेन्ड्ली एसीजी स्टार्टरका कारण स्टार्ट गर्दा कर्कश आवाज आउदैन ।
त्यसैगरी स्मार्ट फाइन्ड, स्मार्ट लक र स्मार्ट स्टार्टका लागि स्मार्ट की उपलब्ध छ । त्यसैगरी केही समय रोक्दा इन्धन बचतका लागि आइडल स्टप सिस्टम छ ।
यसमा भएको नयाँ इन्टेलिजेन्ट मिटरबाट स्कुटरको रियल टाइम र एभरेज माइलेज मापन गर्न सकिन्छ । अनि पीजीएम–एफआई सिस्टमका कारण थोरै इन्धन खर्च गरी धेरै माइलेज दिन सघाउछ ।
यसमा साइड स्ट्यान्ड इन्जिन कटअफ स्विच छ । यदि साइड स्ट्यान्ड लगाएकै अवस्थामा छ भने इन्जिनले काम गर्दैन र सुरक्षित हुन्छ । त्यसैगरी यसमा भएको पावरफुल मफलर साउन्डका कारण स्कुटरको फरक पहिचान कायम हुन्छ ।
नयाँ स्मार्ट डियोको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ । पहिले बुकिङ गर्ने १०० जनालाई यो मूल्यमा स्कुटर उपलब्ध हुने गरी यसको सुरुवाती मूल्य तोकिएको कम्पनीको भनाइ छ ।
होन्डाले भारतमा आफ्नो लोकप्रिय स्कुटर स्कुपी ११० को प्योटेन्ट दर्ता गरेको...
होन्डाले मिड साइज सेगमेन्टमा एलिभेट एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले...
होन्डाले भारतमा उत्पादन गरेको एसयभुी एलिभेटलाई जापानमा निर्यात गर्न सुरु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...