जीप एभेन्जर पेट्रोल भेरियन्टमा पनि बन्दै, आउला त नेपाल ?

जीप एभेन्जर इलेक्ट्रिकमा मात्र नभई पेट्रोल माइल्ड हाईब्रिड र पेट्रोल भेरियन्टमा पनि आउने भएको छ ।

युरोपेली बजारमा १५६ एचपीको इलेक्ट्रिक क्रसओभरका रुपमा विक्री भइरहेको एभेन्जर १०० एचपीको माइल्ड हाइब्रिड सेटअप भएको ई–हाइब्रिड पावर ट्रेनमा पनि उपलब्ध हुने जीपले जनाएको छ । जीपका अनुसार यसमा २१ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ४८ भोल्टको एक्स्ट्रा माइल्ड हाइब्रिड असिस्टेन्स सहितको १.२ लिटरको पेट्रोल इन्जिन जडान गरिएको हुनेछ ।

यो नयाँ भेरियन्टको ई–हाइब्रिड क्रसओभर इलेक्ट्रिक पावरबाट मात्र १८ माइल प्रतिघन्टाको रफ्तारमा चल्नेछ । हेभि ट्राफिक भएको स्थानमा जिपको ई–क्रिपिंग फंक्सन चल्नेछ, जसले एसिलेरेटर इनपुटविना नै गाडीलाई अगाडि बढाउनेछ । फुल्ली इलेक्ट्रिक मोडेलमा झैं ई–हाइब्रिड मोडेलमा अटोमेटिक गियरबक्स हुनेछ । यसले ११ सेकेन्डमा ० देखि ६२ माइल प्रतिघन्टाको रफ्तार लिन सक्नेछ ।

ई–हाइब्रिड एभेन्जरमा ओपन एअर पानोरामिक सनरुफ र मसाज फंक्सनसहित इलेक्ट्रोनिकल्ली पावर्ड ड्राइभर सिटजस्ता केही नयाँ फिचर हुनेछन् । ड्यासबोर्डमा १० इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर हुनेछ, जसले ड्राइभ मोड, इन्जिन स्टेटस, फिडब्याक पावर, मिटर रिडिंग जस्ता ई–हाइब्रिड सूचनाहरु दिनेछ ।

सुरुमा बेलायतमा उपलब्ध हुने यो मोडेल १.२ लिटरको टर्बो पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ । १०० एचपी पावर उत्पन्न गर्न सक्ने यो मोडलमा जिपको नेभिगेसन सफ्टवेयर, रिभर्स क्यामेरा, १८ इन्चको एलोई ह्विल, हिटेड सिट र ब्ल्याइन्ड स्पट मनिटरिंग लगायत फिचर उपलब्ध हुनेछ ।

डिसेम्बरमा विक्री हुने एभेन्जर ई–हाइब्रिड नेपालमा आउनेबारे जीपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले केही खुलाएको छैन । आकर्षक स्टायल, कम्पिटिटिभ ब्याट्री रेन्ज र अफरोड क्यापाबिलिटीका कारण बेलायतलगायत युरोपमा राम्रो प्रतिक्रिया पाएको एभेन्जर भारतबाट पनि उत्पादन हुनेछ । तर यसको यकिन मिति भने जिपले औपचारिक रुपमा घोषणा गरिसकेको छैन ।

सम्बन्धित समाचारहरू

जिप, स्कोडा, जेसीबी, आइसर, फोटोन र चांगनका गाडी किन्न सहज हुने, एभरेष्ट बैंकले ऋण दिने

जिप, स्कोडा, जेसीबी, आइसर, फोटोन र चांगनका गाडी किन्न सहज हुने, एभरेष्ट बैंकले ऋण दिने

काठमाडौं – नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा इन्जिनियरिङ कम्पनीमध्ये...

चलचित्र ‘मितज्यू’ को फस्टलुक्स सार्वजनिक, गुडिरहेको जिप अगाडि दुई अभिनेताको शक्ति प्रदर्शन

चलचित्र ‘मितज्यू’ को फस्टलुक्स सार्वजनिक, गुडिरहेको जिप अगाडि दुई अभिनेताको शक्ति प्रदर्शन

काठमाडौं – आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म...

जिप कम्पास पनि इलेक्ट्रिक भर्सनमा आउने

जिप कम्पास पनि इलेक्ट्रिक भर्सनमा आउने

जिपले आफ्नो सर्बाधिक सफल मोडल कम्पासलाई इलेक्ट्रिक भर्सनमा ल्याउने भएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...