ग्राहकले पाउन थाले सेरेस मिनी ईभी

काठमाडौं– सेरेस ईभीको नेपालका लागी आधिकारिक वितरक एमएडब्लु बृद्धि अटोकर्पले सो ब्राण्डको मिनी ईभी ग्राहकलाई हस्तान्तरण गर्न शुरु गरेको छ ।

भदौमा सम्पन्न नाडा अटो शो–२०२३ मा सार्बजनिक गरिएको सो ईभीलाई ग्राहकले अत्याधिक मात्रामा रुचाएका थिए । अटो शोमा निकै राम्रो वुकिङ पाएको कम्पनीले ३ महिनापछि ग्राहकलाई डेलीभरी दिन शुरु गरेको हो ।

सेरेसले नेपाली बजारबाट उत्साहजनक प्रतिक्रियाहरू प्राप्त गर्दै पहिलो रोजाईको ईभीको रूपमा आफ्नो स्थिति बलियो बनाएको कम्पनीले जनाएको छ । शहरी क्षेत्रको बढ्दो आवश्यकतालाई ध्यानमा राखी निर्माण गरिएको सो मिनी ईभी आफ्नो गतिशीलता र पार्किङको सहजताका लागि उत्कृष्ट रहेको कम्पनीको भनाई छ ।

तीन भेरिएन्टमा उपलब्ध यसको सर्ट रेन्जलाई १३ लाख ९९ हजार, यसकै फुल अप्सनलाई १६ लाख ४९ हजार र लङ रेन्जको १७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

कम्पनीले यसको सर्ट रेन्ज भेरिएन्टमा १३ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ भने यसले सिंगल चार्जमा १८० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । १६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको लङ रेन्जले २२० किलोमिटर रेन्ज दिने दावी छ ।

सम्बन्धित समाचारहरू

पुरानो कारसँग वुलिङ बिंगो ईभी साट्न सकिने, यस्तो छ सुविधा

पुरानो कारसँग वुलिङ बिंगो ईभी साट्न सकिने, यस्तो छ सुविधा

काठमाडौं– वुलिङ ईभीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

१२.९८ लाखमा बीवाईडी एट्टो ३ लिन सकिने, एभरेष्ट बैंकले ८० प्रतिशत कर्जा दिने

१२.९८ लाखमा बीवाईडी एट्टो ३ लिन सकिने, एभरेष्ट बैंकले ८० प्रतिशत कर्जा दिने

काठमाडौं – नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको...

भारतमा चर्चा चल्दै सुजुकी जिम्नी इलेक्ट्रिक, चीनमा भने लन्च भइसक्यो यस्तै कार

भारतमा चर्चा चल्दै सुजुकी जिम्नी इलेक्ट्रिक, चीनमा भने लन्च भइसक्यो यस्तै कार

चाइनिज ग्रुप एसएआईसीको सहायक कम्पनी बाओजुनले मारुती सुुजुकी जिम्नी जस्तै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...