आईएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप

काठमाडौं– विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा आईएमई ग्रुपले बिक्री वितरण गर्ने भएको छ । विगत लामो समयदेखी नेपाली बजारमा उपलब्ध रहँदै आएको मोटुललाई अव उप्रान्त आधिकारिक रुपमा बिक्रीवितरण गर्न कम्पनीले आईएमई ग्रुपलाई नयाँ बिक्रेताको रुपमा नियुक्त गरेको हो ।

आधिकारिक विक्रेतामा नियुक्त भएसंगै कम्पनीले मोटुलको बजारलाई देशभर विस्तार गर्ने जनाएको छ । आईएमई ग्रुप अन्तर्गतको अटोमोटिभ डिभिजनका सिईओ हेमन्त पुरानिकका अनुसार गुणस्तरिय र उच्च प्रविधीयुक्त उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता अनुरुप मोटुलसंग सहकार्य गरिएको हो ।

‘मोटुलजस्तो विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्डसंग जोडिएर व्यावसाय गर्न पाउँदा हामी एकदमै उत्साही बनेका छौ । साथै यो ब्रान्डको बजार नेपालभर विस्तार गरेर ग्राहकलाई गुणस्तरिय लुब्रिकेन्ट्स उपलब्ध गराउन प्रतिबद्ध समेत छौ’ उनले भने ।

लुब्रिकेन्ट्स जगतमा मोटुल एकदमै कहलिएको नाम हो । १७० वर्ष पुरानो यो फ्रेन्च ब्रान्ड विशेषतः हाई पर्फमेन्स इन्जिन आयलको उत्पादनमा अग्रणी रहँदै आएको छ । टु–ह्विलरदेखी हेभी ड्यूटी कमर्सियल भेहिकलसम्ममा प्रयोग गर्न मिल्ने बिभिन्न रेन्जका प्रिमियम लुब्रिकेन्ट्स मोटुलले उत्पादन गर्दै आएको छ । यी सवै रेन्ज नेपाली बजारमा समेत उपलब्ध हुने आईएमई ग्रुपको भनाई छ ।

सम्बन्धित समाचारहरू

क्यास्ट्रोलको ६५ प्रतिशत हिस्सा बिक्री गर्दै बीपी

क्यास्ट्रोलको ६५ प्रतिशत हिस्सा बिक्री गर्दै बीपी

विश्वको सबैभन्दा ठूलो मध्ये एक पेट्रोलियम उत्पादक कम्पनी ब्रिटिश...

नेपाल ल्युब आयल लिमिटेडको ३४औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल ल्युब आयल लिमिटेडको ३४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं – नेपाल ल्युब आयल लिमिटेडको ३४औं वार्षिक साधारण सभा हालै...

दसैंमा घर जाने यात्रुका सवारी साधनलाई गल्फले फ्रि चेकअप गर्ने

दसैंमा घर जाने यात्रुका सवारी साधनलाई गल्फले फ्रि चेकअप गर्ने

काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...