सिजी मोटर्सको तीन नयाँ स्थानमा शोरुम विस्तार

काठमाडौं– नेटा भी लगायत विभिन्न ब्रान्डका इलेक्ट्रिक भेइकल आयत गरी बिक्री गर्दै आएको सिजी मोटर्सले देशका तीन नयाँ स्थानमा शोरुम विस्तार गरेको छ । कम्पनीले नेटा भी, सिजि केवाइसी भ्यान, तथा किङ्लोङ भ्यानको बिक्रीवितरण गर्न नयाँ स्थनमा शोरुम विस्तार गरेको हो ।

बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगन्जमा मिनोल्टा इन्भेष्टमेन्ट तथा धनगढिमा ब्रम्हा मोटर्सले डिलरशिप पाएर शोरुम सन्चालनमा ल्याएका हुन् । शोरुमका साथै ग्राहकको सुविधाका लागि तीनैवटा स्थानहरुमा सर्भिस स्टेशन पनि छिटै नै सन्चालनमा ल्याउन लागिएको कम्पनीले जनाएको छ । सिजि मोटर्सले बिक्रि गर्ने नेटा भी हाल इभी पारखीहरुमाझ लोकप्रिय रहेको छ ।

साथै नेपालको सर्वाधिक बिक्रीहुने इलेक्ट्रिक भ्यान सिजि केवाइसी तथा किङ्लोङ शहज तथा सुलभ किस्तामा पाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि काठमाडौंको नक्साल र पोखरा मा आफ्नो शोरुम खोलेर बिक्री बितरण गर्दै आइरहेको छ ।

कम्पनीले चाँडै नै बिराटनगर, लाहान, हेटौंडा, भक्तपुर, चितवन, बुटवल, कोहलपुरमा बिस्तारित नयाँ शोरुम सहित सर्भिसको सुबिधा उपलब्ध गराउने जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

रोल्स रोयसको ई–एयरक्राफ्टले बनायो नयाँ रेकर्ड

रोल्स रोयसको ई–एयरक्राफ्टले बनायो नयाँ रेकर्ड

रोल्स रोयसको ई–एयरक्राफ्टले नयाँ कीर्तिमान कायम गरेको छ । कम्पनीको...

लिप मोटर टी०३ को डेलिभरी भोलीबाट सुरु हुँदै

लिप मोटर टी०३ को डेलिभरी भोलीबाट सुरु हुँदै

काठमाडौं– लिप मोटरले हालै नेपाल ल्याएको नयाँ ह्याचब्याक कार टी०३ भोलिदेखी...

फेस्टिभल सिजनमा आइएमईले बेच्यो १०० भन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर

फेस्टिभल सिजनमा आइएमईले बेच्यो १०० भन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर

काठमाडौं – आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिकले यो वर्षको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...