लुयान एस–७० प्रोमा २ दिनका लागी ३० हजार नगद छुटको योजना

काठमाडौं– लुयानले नेपाल ल्याएको नयाँ इलेक्ट्रिक स्कुटर एस–७० प्रोमा ग्राहकले २ दिनका लागि विशेष छुट पाउने भएका छन् । नेपालका लागी आधिकारिक वितरक जेरो एमिसन राइड एनले भोली अर्थात नोभेम्वर २३ (थ्यांक्स गिभिङ डे) र पर्सी(ब्ल्याक फ्राइडे) को अवसरमा ३० हजार नगद छुट दिने योजना ल्याएको हो ।

लुयानको गैह्रीधारास्थित शोरुमबाट एस–७० प्रो खरिद गर्दा नगद छुटको साथै १ वर्षको रोड ट्याक्स र आकर्षक हेल्मेट समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । अन्तराष्ट्रिय प्रचलनलाई अनुसरण गर्दै कम्पनीले यी दुई दिनमा बिशेष छुट दिने योजना ल्याएको हो । स्कुटरको मूल्य १ लाख ९८ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

कम्पनीले हालसालै नेपाल ल्याएको सो नयाँ स्कुटरमा २.२ किलोवाटको लिक्वड कुल्ड हव मोटर दिएको छ । साथै यसमा ९६ भोल्ट २३ एम्पियरको ग्राफिन ब्याट्री पाउन सकिन्छ । सो ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ७० देखी ८० किलोमिटरसम्म रेन्ज पाउन सकिने दावी गरिएको छ । स्कुटरको चार्ज साइकल ८०० रहेको छ ।

लुयान एस–७० प्रोको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ भने यसमा डिआरएल सहितको प्रोजेक्टर हेडलाइट, एलइडी डिस्प्ले, एनएफसी सेन्सर किलेस इन्ट्री र एन्टि थेप्ट सिस्टम लगायत फिचर पाउन सकिन्छ । यसको ग्राउन्ड क्लिरियन्स १३५ एमएम र ह्विलवेश १३०० एमएम रहेको छ ।

सम्बन्धित समाचारहरू

चिनियाँ ईभी स्टार्टअपमा लिपमोटरले हासिल ग-यो शीर्ष स्थान

चिनियाँ ईभी स्टार्टअपमा लिपमोटरले हासिल ग-यो शीर्ष स्थान

न्यू ईनर्जी भेइकल उत्पादक लिप मोटर चिनियाँ स्टार्टअप कार ब्रान्डमा अगाडि...

केरुङ आइपुग्यो ‘फरथिङ फ्राइडे’ ईभी, मूल्य कति ?

केरुङ आइपुग्यो ‘फरथिङ फ्राइडे’ ईभी, मूल्य कति ?

काठमाडौं–नेपाली बजारमा अबको केही दिन पछि अर्को नयाँ विद्यूतीय एसयूभी लन्च...

विद्युतीय सवारीको कर निर्धारण गर्दा ध्यान दिन सर्वोच्च अदालतको आदेश

विद्युतीय सवारीको कर निर्धारण गर्दा ध्यान दिन सर्वोच्च अदालतको आदेश

काठमाडौं – नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको ख्याल गर्न भन्दै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...