यामाहा ब्लु फेस्टमा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
काठमाडौं–यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक...
काठमाडौं– राजधानीमा बढ्दो सवारी जामलाई मध्यनजर गर्दै भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म ४५ मिनेटमा पुग्ने गरी सञ्चालनमा आएको द्रुत बस सेवा बन्द भएको छ ।
सेवा सञ्चालनका क्रममा प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार बिदा सकिएलगतै पुनःसञ्चालनमा ल्याउन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारले सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालनमा आएको थियो । तर एक महिनामै अहिले यो सेवा बन्द भएको हो ।
द्रुत वस सञ्चालनका लागि सडकका दायाँ–बायाँ रातो लेन पोतेर डेडिकेटेड लेन पनि बनाइएको थियो । तर उक्त लेनमा अन्य सवारी साधन पनि गुडेपछि द्रुत बस सेवा प्रभावकारी ढंगबाट सञ्चालनमा आउन सकेन । यातायात व्यवस्था विभागको सहकार्यमा नेपाल यातायात व्यवसायी महासंघले सुरूमा २५ वटा बसबाट यो सेवा सञ्चालन गरेको थियो ।
यी बस गुड्नका लागि समय तोकिएको थियो। कार्यालय समयमा बढी जाम हुने भएकाले सर्वसाधारणलाई सहजता पुर्याउने उद्देश्यले बिहान ९ बजेदेखि ११ बजे र अपराह्न ४ बजेदेखि ६ बजेसम्म चल्ने गरी यो सेवा सञ्चालनमा ल्याइएको थियो र यी बसहरू गुड्ने समयमा डेडिकेटेड लेनमा अत्यावश्यक सवारीबाहेक अन्य सवारीलाई निषेध गरिएको थियो । तर उक्त नियमको पालना नभएपछि अहिले व्यवसायीहरू द्रुत बस सेवा सञ्चालनबाट पछि हटेका हुन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...