यस्तो हुनेछ यूरोपमा बिक्री हुने सिट्रोन ईसी–३, स्टायल र पावरट्रेन पुरै फरक हुने

फ्रेन्च अटो निर्माता सिट्रोनले युरोपेली बजारमा बिक्री हुने ईसी–३ बारे विस्तृत विवरण वाहिर ल्याएको छ । भारतमा सी–३ को कम्वसन प्लेटफर्मलाई सेयर गरी निर्माण गरेको सो कारको स्टायल र पावरट्रेन पुरै भिन्न हुने कम्पनीले जनाएको छ ।
सो नयाँ कारमा सिट्रोनले आफ्नो नयाँ लोगोलाई प्रयोगमा ल्याउने भएको छ ।

भारतमा उत्पादन भएको मोडलको तुलनमा यसको डोर ह्यान्डल, टेलगेट, टेल ल्याम्प र रियर वम्पर बिल्कुलै नयाँ हुनेछ । सो कारको इन्टेरियर पनि फिचर लोडेड हुने जनाइएको छ ।

यसको इन्टेरियरमा टु–लेयर ड्यासबोर्ड, माउन्टेड कन्ट्रोल सहितको फ्ल्याट वटम स्टेरिङ ह्विल, नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम र हेड अप डिस्प्ले लगायत फिचर उपलब्ध हुनेछन् ।

साथै यसमा १७ इन्चको एलोई ह्विल, डुअल टोन एक्सटेरियर पेन्ट, अटो वाइपर, पावर फोल्डिङ एण्ड हिटेड सीट मिरर, अटोमेटिक क्लाइमेट कन्ट्रोल र वायरलेस फोन चार्जिङ जस्ता सुविधा समेत रहने जनाइएको छ ।

सो ईभीमा ४४ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री जडान हुनेछ भने मोटर क्षमता १११ एचपी रहनेछ । नेपाली बजारमा समेत उपलब्ध यसको भारतीय मोडलमा २९.२ किलोवाट आवरको ब्याट्री र ५७ एचपी पावर भएको इलेक्ट्रिक मोटर जडान गरिएको छ । जसले एकपटकको सिंगल चार्जमा ३२० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...