स्वतन्त्रता दिवसका अवसरमा भारतले नेपाललाई दियो ६६ स्कुल बस र ३५ एम्बुलेन्स उपहार
भारतले आज ७८ औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । हरेक १५ अगस्तमा भारतले...
काठमाडौं– जीपको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु लाइफले आफ्नो सेभेन सिटर एसयुभी मेरिडियनको डेलिभरी सुरु गरेको छ । जिपले काठमाडौं नक्सालस्थित सोरुममा सोमबार आयोजना गरेको विशेष डेलिभरीमा एकै दिन तीनवटा मेरिडियन ग्राहकलाई हस्तान्तरण गरेको हो ।
जिप मेरिडियन लेजेन्डरी एसयुभी ब्रान्ड जिपको फोर बाई फोर क्यापाबिलिटी भएको पहिलो सेभेन सिटर एसयुभी हो । नेपालमा मेरिडियनको टप भेरियन्ट लिमिटेड (ओ) मात्र उपलब्ध हुनेछ, जसमा २.० लिटरको ‘मल्टिजेट डिजेल इन्जिन’ छ । यसको ‘नाइन–स्पिड अटोमेटिक ट्रान्समिसन’ले १६८ बीएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ । यसमा ‘स्यान्ड’, ‘मड’, ‘स्नो’ र ‘अटो अप्सन’ रहेको ‘सेलेक–टेरेन’ सहितको जिपको ‘लेजेन्डरी फोर बाई फोर सिस्टम’ रहेको छ ।
‘जिप मेरिडियन ‘एड्भेन्चर’ र ‘सोफिस्टिकेसन’को अनुपम मिश्रणहो जसमा धेरै ‘सेग्मेन्ट–फस्र्ट’ फिचरहरु छन् र यो ‘अनरोड’ र ‘अफरोड’ दुवैका लागि क्षमतावान् छ, ’एमएडब्लु लाइफका सिइओ जोजु जोस थट्टिलले भने, ‘पछिल्ला केही वर्षमा नेपाली अटो बजार सुस्त भएपनि जिपले नेपालमा आफ्नो विक्रीको गतिलाई कायम राखेकोमा हामी खुशी छौं । देशको अर्थतन्त्रको नकारात्मक प्रभाव अटो क्षेत्रमा भएपनि हामीले यो आर्थिक वर्षको पहिलो त्रैमासिकको सेल्स टार्गेटलाई हासिल गर्न सफल भएका छौं ।’
मेरिडियन कठोर भौगोलिक अवस्थाका लागि जबरदस्त मात्र छैन सुन्दर पनि छ । जिपको ‘आइकनिक सेभेन–स्लटग्रिल’, ‘डीआरएल’ सहितको ‘पावरफुल एलइडी प्रोजेक्टर हेडल्याम्प’, ‘बम्परमा राखिएका सिल्भर लाइनहरु र ‘क्रोम फिनिस’ले मेरिडियनलाई आधुनिक ‘एसयुभी’को रुप दिएको छ ।
मेरिडियनमा जिपको ‘यु–कनेक्ट’ जडित १०.१ इन्चको टचस्क्रिन, १०.२ इन्चको ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’, ‘पानोरामिक सनरुफ’, ‘वायरलेस स्मार्ट कनेक्टिभीटी’, ‘वायरलेस फोन चार्जिङ’, ‘डुअल–जोन क्लाइमेट कन्ट्रोल’, ‘भेन्टिलेटेड पावर्ड फ्रन्टसिट’ र ‘पावर टेलगेट’लगायतका फिचर छन् ।
साथै, सुरक्षाका लागि यसमा ६ वटा ‘एअर ब्याग’, ‘३६० डिग्री क्यामेरा’, ‘टायर प्रेसर मनिटरिङ’, ‘ट्रयाक्सन कन्ट्रोल’, ‘इएससी’, ‘हिल–स्टार्ट एन्ड डिसेन्ट कन्ट्रोल’जस्ता फिचर छन् ।
भारतले आज ७८ औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । हरेक १५ अगस्तमा भारतले...
चितवन- चितवन राष्ट्रिय निकुञ्जले जीप सफारी बन्द गरेको छ । निकुञ्जले सूचना...
जीपले भारतमा मेरिडियनको फेसलिफ्ट लन्च गर्ने तयारी थालेको छ । यसै वर्षको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...