सुजुकी र हुन्डाई गाडी किन्दा कुनमा बढी फाइदा ? यस्तो छ दशैं स्किम

काठमाडौं– नेपालीहरुको महान चाड दशैं नजिकिएसंगै अहिले विभिन्न कम्पनीहरुले आफ्नो उत्पादनमा उपभोक्तालाई आकर्षित गर्न अफर र स्किम ल्याइरहेका छन् । स्किम ल्याउने यस्तो लहरमा सवारीसाधन बिक्रेता कम्पनीहरु सधैं अग्रपंक्तिमा रहने गर्छन् ।

फेस्टिवल सिजनलाई सवारीसाधन बिक्रीको मुख्य सिजन समेत मानिने कारण यो समय धेरै भन्दा धेरै सवारीसाधन बिक्री गर्न बिक्रेता कम्पनीविच एकप्रकारको प्रतिस्पर्धा नै हुनेगर्छ । जसलाई उनिहरुले ल्याउने स्किम र अफरले समेत पुष्टि गर्छ । फोर ह्विलरको कुरा गर्नुपर्दा विगतका वर्षहरुमा झैं यसपटक पनि हुन्डाई र सुजुकीविच कसले राम्रो र आकर्षक स्किम ल्याउने भन्ने विषयमा प्रतिस्पर्धा भएको देखिन्छ ।

सुजुकी : मारुती सुजुकीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले आफ्नो गाडी खरिद गर्ने ग्राहकलाई १ लाख सम्मको नगद छुट दिने बताएको छ । साथै एक्सचेन्ज मार्फत खरिद गर्दा पनि १ लाखसम्मकै एक्सचेन्ज वोनस दिने उसको भनाई छ । यस सिजनमा सुजुकी गाडी खरिद गर्ने ग्राहकले १ वर्षको निःशुल्क इन्स्योरेन्स समेत पाउनेछन् ।

हुन्डाई : हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकिन्टनेन्टल प्रालिले यसपटक नगद छुट र बम्परमा एकजना भाग्यशाली विजेतालाई एक्स्टर एसयूभी उपहार दिने बताएको छ । ‘हुन्डाई फेष्टिभ डिलाइट २०८०’ अन्तर्गत हुन्डाईका कुनै पनि गाडीको खरिदमा ग्राहकले ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र स्क्रयाच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन् । साथै एक वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचारहरू

यस्तो छ भारतमा लन्च भएको नयाँ एसयूभी हुन्डाई अल्काजार

यस्तो छ भारतमा लन्च भएको नयाँ एसयूभी हुन्डाई अल्काजार

दक्षिण कोरियाको कार निर्माता कम्पनी हुन्डाईले भारतीय बजारमा हुन्डाई...

हुन्डाईले नयाँ पुस्ताको आई२० परीक्षण गर्दै, २०२६ मा लन्च हुने सम्भावना

हुन्डाईले नयाँ पुस्ताको आई२० परीक्षण गर्दै, २०२६ मा लन्च हुने सम्भावना

हुन्डाईको लोकप्रिय प्रिमियम ह्याचब्याक आई२०को नयाँ पुस्ता लन्च गर्ने...

परीक्षण क्रममा देखियो हुन्डाई क्रेटाको तेस्रो पुस्ता

परीक्षण क्रममा देखियो हुन्डाई क्रेटाको तेस्रो पुस्ता

हुन्डाईले आफ्नो लोकप्रिय मिड साइज एसयूभी क्रेटाको तेस्रो पुस्ताको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...