चैनपुर र बिर्तामोडमा गल्फ लुब्रिकेन्ट्सको नयाँ नेटवर्क विस्तार

काठमाडौं– नेपालमै उत्पादन हुने गल्फ लुब्रकेन्ट्सले पछिल्लो समय देशका दुई स्थानमा आफ्नो बिक्री नेटवर्क बिस्तार गरेको छ । गल्फ लुब्रिकेन्ट्सको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले उच्च पुर्बी पहाडी भेग संखुवासभाको चैनपुर र पुर्बी तराई भेग झापाको बिर्तामोडमा नयाँ नेटवर्क विस्तार गरेको हो ।

कम्पनीले चैनपुरमा आफ्नो आधिकारक बिक्रेता लक्की सप्लायर्स र झापामा साहारा कृषि अनुसन्धान तथा बिकास कम्पनीको नयाँ शोरुम उदघाटन गरेको छ । ग्राहकलाइ उच्च सेवा प्रदान गर्न र गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउने आफ्नो लक्ष्य अनुरुप यी स्थानमा नया शोरुम खोलिएको कम्पनीले जनाएको छ । कम्पनीले हिमाल, पहाड, तराई र मधेसका सबै बिकट र निकट स्थानहरुमा गल्फ लुब्रिकेन्टको सेल्स आउटलेट संचालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ ।

नयाँ शोरुमको उद्घाटन कम्पनीका कार्यकारी निर्देशक करण चौधरीले गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै उनले गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड रहेको र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि रहेको बताए ।

‘ग्राहकलाई छिटो छरितो र प्रभावकारी सेवा प्रदान गर्ने हाम्रो मूल उद्देश्य रहेको छ । यसमा प्रशिक्षित जनशक्ति र लुब्रिकेन्टको सहज उपलब्धताले ठुलो भूमिका निर्वाह गर्ने हुँदा हामीले यी दुई स्थानमा नयाँ शोरुम संचालनमा ल्याएका हौ र भविष्यमा सहजतालाई ध्यानमा राखी अरु शोरुमहरु पनि संचालनमा ल्याउने छौ’ उनले भने ।

सम्बन्धित समाचारहरू

मसिंर ६ गते ‘इन्डिया–नेपाल आफ्टर मार्केट अटो पार्टस् शो’ आयोजना हुने

मसिंर ६ गते ‘इन्डिया–नेपाल आफ्टर मार्केट अटो पार्टस् शो’ आयोजना हुने

नेपालमा दोस्रो पटक ‘इन्डिया–नेपाल आफ्टर मार्केट अटो पार्टस् शो’ आयोजना...

गल्फ लुब्रिकेन्टद्वारा चितवनमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न

गल्फ लुब्रिकेन्टद्वारा चितवनमा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न

नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको...

नयाँ ब्रान्डका लुब्रिकेन्ट्स थपिने र डिलरसिप परिवर्तन हुने क्रममा तीव्रता

नयाँ ब्रान्डका लुब्रिकेन्ट्स थपिने र डिलरसिप परिवर्तन हुने क्रममा तीव्रता

लुब्रिकेन्ट्स बजारमा पछिल्लो समय नयाँ ब्रान्ड थपिने र डिलरसिप परिवर्तन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...