२ लाख घटेर आयो नयाँ कोना जीएल, यस्तो छ मूल्य र फिचर

काठमाडौ– हुन्डाइको लोकप्रिय इलेक्ट्रिक कार कोना जीएल २ लाख रुपैयाँ सस्तो भएको छ । यसअघि ६१ लाख ९६ हजारमा बिक्री हुँदै आएको यसको नयाँ फेसलिफ्टमा मूल्य घटेर आएसंगै नेपालमा पनि मूल्य समायोजन गरिएको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ ।

कम्पनीले नयाँ कोना जिएलको मूल्य ५९ लाख ९६ हजार निर्धारण गरेको हो । कोनाको अर्को भेरिएन्ट जीएल–एसको भने पुरानै मूल्य ६४ लाख ९६ हजार कायम गरिएको छ ।

नेपालमा निकै सफल कोना इलेक्ट्रीक एउटा सफल क्रसओभर ईभी हो । नयाँ इलेक्ट्रीक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएको छ भने ड्राइभिङ रेन्ज पनि बढेको छ । नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभीटी यसमा भएको मुख्य परिमार्जन हो ।

हुन्डाई कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङ जस्ता आधुनिक सुरक्षा फिचर पाउन सकिन्छ ।

हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाई इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्दछ । व्याट्रीको ले–आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कम गरी कोनाको ह्याण्डलीङ उत्कृष्ट बनाएको छ । जसले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्दछ ।

हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने दावी गरिएको छ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्न सकिन्छ ।

यसमा रहेको ८ इन्चको टच स्क्रिनयुक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राइभिङ अनुभवलाई उच्च स्तरीय बनाउने दाबी कम्पनीको छ । नेपाली बजारमा कोना इलेक्ट्रिक एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइटजस्ता कलर अप्सनमा उपलब्ध हुनेछन् ।

सम्बन्धित समाचारहरू

महिन्द्रा बीई ६ई अब बीई६ नामले चिनिने

महिन्द्रा बीई ६ई अब बीई६ नामले चिनिने

महिन्द्राले हालै भारतमा सार्वजनिक गरेको इलेक्ट्रिक एसयूभी बीई ६ईको नाम...

गोकर्ण फरेस्ट रिसोर्टमा हुन्डाई आई२० टेस्ट ड्राइभ

गोकर्ण फरेस्ट रिसोर्टमा हुन्डाई आई२० टेस्ट ड्राइभ

काठमाडौं – शुक्रबार काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा हालै नेपालमा...

पेट्रोलियम पदार्थ बेच्ने आयल निगमले नै किन्यो विद्युतीय कार

पेट्रोलियम पदार्थ बेच्ने आयल निगमले नै किन्यो विद्युतीय कार

काठमाडौं – नेपालमा पेट्रोलियम पदार्थको कारोबार गरिरहेको नेपाल आयल निगमले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...