साउदी अरवले १० वर्षमा १ लाख युनिट लुसिड ब्रान्डको इलेक्ट्रिक कार खरिद गर्ने
साउदी अरवले १० वर्षभित्र १ लाख युनिटसम्म इलेक्ट्रिक कार खरिद गर्न लुसिड...
काठमाडौं– हुन्डाई गाडीको नेपालाका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ल्याएको –‘फेस्टिभ डिलाईट–२०८०’ अन्तर्गत इलेक्ट्रिक कार कोनाको खरिदमा ग्राहकले ८० हजार नगद छुट पाउने भएको छन् ।
सो अफरमा ग्राहकले स्क्र्याच कार्ड मार्फत १ लाखसम्म जित्न सक्नेछन् भने बम्परमा एकजना भाग्यशाली बिजेताले माइक्रो एसयूभी एक्स्टर उपहार पाउनेछन् । साथै १ वर्षको निशुल्क इन्स्युरेन्स र सडक कर समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।
यस्तो छ कोना
हुन्डाई कोना नेपाली बजारमा एनएस, जीएल र जीएलएस गरी कुल तीनवटा भेरिएन्टमा उपलब्ध छ । जसको मूल्य क्रमशः ६० लाख ९६ हजार, ६१ लाख ५६ हजार र ६४ लाख ९६ हजार निर्धारण गरिएको छ ।
यो इलेक्ट्रिक क्रसओभरमा हुन्डाइले ३९.२ किलोवाट आवरको ब्याट्री प्याक र १०० किलोवाट क्षमताको मोटर जडान गरेको छ । जसको पावर १२० पीएस र टर्क ३९५ एनएम रहेको छ । यसको ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ३०५ कीलोमटिर गुडाउन सकिने दावी गरिएको छ ।
कोनाको सबै भेरियन्टमा एलइडी डेटाइम रनिङ लाइट सहितको नयाँ हेडल्याम्प सेटअप, नयाँ एलइडी टेलल्याम्प, १७ इन्चको अलोय ह्वील, १०.२५ इन्चको इन्स्ट्रयुमेन्ट क्लष्टर, ८ इन्चको फ्लोटीङ इन्फोटेन्टमेन्ट सिस्टम, स्मार्ट कि, पुस बटम स्टार्ट, रिजेनेरेटीभ ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक्स गियर सिफ्ट जस्ता फिचर पाउन सकिन्छ ।
सुरक्षाका लागि यसमा अटो होल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक, ६ एयरव्याग, रिभर्स पार्किङ सेन्सर, रियर भ्यू क्यामेरा, इबीडी सहितको एबीएस र हिल एसिस्ट कन्ट्रोल लगायत अन्य थुप्रै फिचर उपलब्ध छन् ।
साउदी अरवले १० वर्षभित्र १ लाख युनिटसम्म इलेक्ट्रिक कार खरिद गर्न लुसिड...
नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काईवेलको आधिकारिक वितरक जी मोटर्सले...
लामो समयको प्रतीक्षापछि नेपाली बजारमा अन्ततः टाटाको इलेक्ट्रिक कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...