२५७५ किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार !

जर्मनीको एक टेक्निकल युनिभर्सिटीका विद्यार्धीले हालसम्मकै सर्बाधिक बढी रेन्ज दिने इलेक्ट्रिक कार निर्माण गरेका छन् । टेक्टिनकल युनिभर्सीटी अफ म्यूनिखका विद्यार्थीहरुले बनाएको एक सीटको नयाँ इलेक्ट्रिक कारले सिंगल चार्जमा २५७५.७९ किलोमिटर रेन्ज दिएको दावी गरिएको हो ।

सो ईभीको प्रोटोटाइपलाई उनीहरुले ‘म्यूक०२२’ नाम दिएका छन् । यसलाई चलाउँदा प्रति किलोवाट आवर १०३ माइल विद्युत खपत भएको जनाइएको छ । यसअघि मर्सिडिज बेन्जको भीजन ईक्यूएक्सएक्सले सिंगल चार्जमा १६०८ किलोमिटर रेन्ज दिएको थियो ।

कार निर्माणमा संलग्न विद्यार्थीहरुको टोलिले कारलाई मोडिफिकेसन गरेर एरोडाइनामिक लुक्स दिएका थिए भने यसको तौल समेत सक्दो कम गरेका थिए । १५.५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको कारको तौल जम्मा १७० किलोग्राम रहेको थियो ।

उनीहरुले यसलाई आईएए मोविलिटी शोमा समेत प्रर्दशन गरेका थिए । जहाँ गीनिज वल्र्ड रेकर्डका प्रतिनिधीले हालसम्मकै सर्बाधिक रेन्ज दिने कारको अवार्ड दिएका थिए ।

सम्बन्धित समाचारहरू

नेपालका लागि हिड्यो लीपमोटर बी१०, छिट्टै डेलिभरी सुरु हुने

नेपालका लागि हिड्यो लीपमोटर बी१०, छिट्टै डेलिभरी सुरु हुने

काठमाडौं– लीपमोटरको नेपालका लागि आधिकारिक विक्रेता सांग्रिला मोटर्स...

बैद्य इनर्जीले पोखरामा खोल्यो एथर इलेक्ट्रिकको शोरुम, अटो वेज बन्यो डिलर

बैद्य इनर्जीले पोखरामा खोल्यो एथर इलेक्ट्रिकको शोरुम, अटो वेज बन्यो डिलर

पोखरा – नेपालका लागि एथर इलेक्ट्रिकको आधिकारिक वितरक वैद्य इनर्जीले...

युरोपमा सार्वजनिक भयो दिपल ईभी ब्रान्ड

युरोपमा सार्वजनिक भयो दिपल ईभी ब्रान्ड

चांगान अटोमोबाइलले सेयरिङ द फयुचर थिममा जर्मनीमा २०२५ चांगान युरोप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...