फक्सवागनका २ नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक, यस्तो छ फिचर
जर्मन अटोमेकर फक्सवागनले २ नयाँ इलेक्ट्रिक एसयूभी आईडी ६ र आईडी ६ क्रस...
फक्सवागनले आफ्नो लोकप्रिय एसयूभी टीग्वानको थर्ड जेनेरेशन सार्वजनिक गरेको छ । यो नयाँ एसयूभीको स्टायल र इन्जिनियरिङमा ब्यापक परिमार्जन गरिएको कम्पनीले जनाएको छ । साथै यसमा थुप्रै हाई टेक फिचर समेत थप गरिएको छ ।
नयाँ टीग्वानलाई कम्पनीले आफ्नो नयाँ ग्लोवल प्लेटफर्म एमक्यूवीमा तयार पारेको हो । जुन प्लेटफर्मममा यसअघि पासाट सेडान तयार भइसकेको छ । साथै यसमा फक्सवागनको लेटेस्ट एमआईवी इन्फोटेन्मेन्ट प्लेटफर्म र नयाँ ओभर–दि–एयर सफ्टवेयर अपडेट सेयर गरिएको छ ।
नयाँ टीग्वान पुरानो मोडलभन्दा ३० एमएम लामो र ४ एमएम अग्लो रहेको कम्पनीले जनाएको छ । चौडाई र ह्विलवेशमा भने कुनै परिमार्जन गरिएको छैन । यसको क्याविन पुरै नयाँ डिजाइनमा तयार पारिएको छ । ड्यासबोर्डलाई रिडिजाइन गरिएको छ भने एयर भेन्ट समेत नयाँ दिइएको छ ।

यो नयाँ एसयूभीमा १०.३ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट डिस्प्ले, १५ इन्चको सेन्ट्रल टचस्क्रिन इन्फोटेन्मेन्ट, हेड–अप–डिस्प्ले, वायरलेस फोन चार्जर लगायत फिचर उपलब्ध गराइएको छ ।
पावरट्रेनको कुरा गर्नुपर्दा फक्सवागनले यसमा १.५ लीटर माइल्ड हाइब्रीड टर्बोचाज्र्ड पेट्रोल र २.० लीटर पेट्रोल इन्जिनको विकल्प दिएको छ । जसको पावर क्रमश १५० एचपी र २६५ एचपी सम्म रहेको छ । साथै यो २.० लीटर डिजेल इन्जिनमा पनि उपलब्ध हुनेछ ।
हाईब्रीड पावरट्रेन अन्तर्गत यसमा १९.७ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । जसको इलेक्ट्रिक रेन्ज १०० किलोमिटर दावी गरिएको छ । यसको ब्याट्रीलाई ५० किलोवाटको डीसी चार्जरले छिट्टै चार्ज गर्न सकिन्छ ।

टीग्वानको पुरानो मोडल पहिल्यैदेखी बजारमा बिक्री हुँदै आएका कारण यो नयाँ मोडल समेत भोलीका दिनमा नेपाल आउने अनुमान गर्न सकिन्छ । फक्सवागनलाई पूजा इन्टरनेश्नललले आयत गरी कारोवार गर्दै आएको छ ।
जर्मन अटोमेकर फक्सवागनले २ नयाँ इलेक्ट्रिक एसयूभी आईडी ६ र आईडी ६ क्रस...
फक्सवागन टाइगुन नेपालमा बहुप्रतीक्षित एसयूभी हो । यो एसयूभी भारत र...
जर्मनअटोमोबाइल कम्पनी फक्सवागनले गत वर्ष मार्चमा तीन पंक्ति अर्थात थ्री...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...