८३ लाखको फोर्स अर्वानिया अटो शोमा, यस्ता छन् फिचर

फोर्स मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेटल प्रालिले फोर्स कम्पनीको माइक्रोबस ‘अरबानिया’ लाई अटो शोमा लन्च गरेको छ । भारतमा अत्यधिक माग रहेको र नेपालमा समेत सर्वाधिक मानिसहरुको चासो र पर्खाईमा रहेको भनिएको अरबानियलाई कम्पनीले नेपाल ल्याएको हो । यस बसको सुरुवाती मुल्य ८२ लाख ९९ हजार रुपैया रहेको छ ।

नेपालमा आयातित माइक्रोबसहरु मध्ये सबैभन्दा प्रिमियम सुबिधायुक्त रहेको दावी गरिएको सो माइक्रोबस कार जस्तै आरामदायी र सुविधा सम्पन्न रहेको कम्पनीले जनाएको छ । विषेशत पर्यटन तथा होटल ब्यबसायी, टुर्स एण्ड ट्राभल्स, ठुला कम्पनीहरु ,कुटनीतिक निकायहरु, सरकारी तथा गैर सरकारी संस्थाहरुका लागि यो माइक्रोबस उपयुक्त हुने देखिन्छ । सो माइक्रोबस विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन , गियरबक्स तथा एक्सल जडान गरिएको छ ।

अरबानिया सुरक्षाका दृष्टिकोणले सम्पूर्ण रेटिङ्गहरुमा अब्बल मानिएको छ । ड्युअल एयर ब्यागयुक्त सो गाडीमा एरोडाइनामिक क्र्यास एण्ड रोलोबर प्रोटेक्सन, डबल स्किन बडी कन्सट्रक्सन, स्टाइलिस डीआरएल हेडल्याम्प, न्यू ट्रान्सफर लिफ, ट्रीपल ए÷सी सिस्टम, अलराउण्ड भिजिबिलिटी स्क्रिन, टेलिस्कोपिक स्टेयरिङ, हरेक सिटमा आइफोन तथा एन्ड्रोइड दूबैका लागि चार्जीङ्ग पोर्टको ब्यबस्था, सेन्ट्रल डोर लकिङ विथ रिमोट किलेस इन्ट्री, हिल होल्ड कन्ट्रोल, क्यामरा बेस रिभर्स पार्क सिस्टम, फलो मी होम फिचर, कोल्याप्सिबल स्टेयरिङ कोलम आदि जस्ता अत्याधुनिक विशेषताहरु यस बसमा रहेको छ । साथै लेटेस्ट जेनेरेशनको एबीएस तथा ईएसपी जस्ता अन्य आधुनिक सुरक्षा प्रणाली समेत जडान भएको छ ।

आकर्षक र सुबिधा सम्पन्न माइक्रोबस भएकाले एक पटक यात्रा गरेपछि पुन यात्राका लागि रोजाइमा पर्ने कम्पनीको भनाइ रहेको छ । स्लाइडिङ डोर सहितको तिन ढोकायुक्त यो बसमा १४ र १८ सिट क्षमतामा उपलब्ध छन् भने यसमा अति आरामदायी रिक्लाइनिङ्ग सिटहरु रहेको छ । सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट स्पेस, पर्याप्त हाइट साथै बस्न सहजताका लागि फ्रन्ट बम्पर डिजाइन, कुनै दुर्घटना भैहालेमा पनि हेड इन्जुरी कम होस् भन्नका लागि त्यही अनुसारको ड्यासबोर्ड डिजाइन यस बसमा गरिएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ डिजाइन र आधुनिक सुविधासहित २०२६ फोर्स ट्राभलर एन रेन्ज भारतमा लन्च

नयाँ डिजाइन र आधुनिक सुविधासहित २०२६ फोर्स ट्राभलर एन रेन्ज भारतमा लन्च

फोर्स मोटरले आफ्नो लोकप्रिय मिनी बस ट्राभलरको नयाँ २०२६ एन रेन्ज मोडल लन्च...

फोर्स ट्राभलर इलेक्ट्रिक मिनीबसको परीक्षण सुरु, नेपाल पनि आउने

फोर्स ट्राभलर इलेक्ट्रिक मिनीबसको परीक्षण सुरु, नेपाल पनि आउने

फोर्स मोटर्सले आफ्नो लोकप्रिय मिनीबस, ट्राभलरको ईभी भर्सन परीक्षण गर्न...

परिक्षणका क्रममा देखियो फोर्स मोटर्सको नयाँ पिकअप ट्रक

परिक्षणका क्रममा देखियो फोर्स मोटर्सको नयाँ पिकअप ट्रक

फोर्स मोटर्सले छिट्टै बजारमा ल्याउने तयारी थालेको डबल क्याव पिकअप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...