हरिबंश किन गएनन् ६ महिना सम्म पेट्रोल पम्प ? पम्प धनीले किन हेर्छन् छड्के आँखाले उनलाई ?

कलाकार हरिबंश आचार्य आफैमा रमाइला छन् । यो सबैलाई थाहा भएकै कुरा हो । केही दिन अघि उनले यस्तै रमाइला कुरा गरे ।

उनी पेट्रोल पम्प नगएको ६ महिना भयो रे । उनलाई देख्दा पम्प धनीले अहिले छड्के आँखाले हेर्छन् रे । उनले भने, ‘म अहिले पेट्रोल पम्प नगएको ६ महिना बढी भयो । पम्प वालाले अहिले मलाई देख्दा पनि आँखा तरेर हेर्छन् । यो आउन छाड्यो भनेर ।’

सन्दर्भ थियो इलेक्ट्रिक सवारी ब्रान्ड बीवाईडीको शोरुम उदघाटन समारोहको । गत बुधबार भक्तपुरको सल्लाघारीमा बीवाईडीको नयाँ शोरुमको शुभारम्भ भयो । सो अवसरमा कलाकार हरिबंश आचार्य समेत उपस्थित थिए । उनले आफ्नो मन्तव्य राख्ने क्रममा यो कुरा बताएका हुन् ।

त्यसो त कलाकार आचार्य बीवाईडीको नेपालका लागि ब्रान्ड एम्बेसडर समेत हुन् । उनले सोही हैसियतमा त्यहाँ बीवाईडी र इलेक्ट्रिक सवारी साधनको महत्व वारेमा पनि बताएका थिए ।

उनले भने, ‘नेपालमा पेट्रोल छ, तर कहाँ छ थाहा छैन । निकाल्न सकिने वारेमा पनि थाहा छैन । तर बिजुली छ । त्यसैले बिजुलीबाट चल्ने गाडी चढ्दा फाइदा हुन्छ । नेपालकै उत्पादन प्रयोग गर्न सकिन्छ । मैले पनि बिजुली गाडी चढे पछि रमाइलो अनुभव गरेको छु ।’

कलाकार आचार्यले हाल बीवाईडी एट्टो ३ इलेक्ट्रिक गाडी प्रयोग गरिरहेका छन् ।

सम्बन्धित समाचारहरू

क्याटलले ग-यो १ हजार किलोमिटर रेन्ज दिने स्केटवोर्ड चेसिसको सफल परिक्षण

क्याटलले ग-यो १ हजार किलोमिटर रेन्ज दिने स्केटवोर्ड चेसिसको सफल परिक्षण

इलेक्ट्रिक भेइकलमा प्रयोग हुने ब्याट्रीको उत्पादनमा ख्याती कमाएको...

नेपालमा सम्पन्न भयो बीवाईडीको साउथ एसिया रिजनल डिलर मिट २०२२

नेपालमा सम्पन्न भयो बीवाईडीको साउथ एसिया रिजनल डिलर मिट २०२२

काठमाडौं – विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेइकल उत्पादक कम्पनी...

परीक्षणको क्रममा यस्तो देखियो इलेक्ट्रिक कार रेनो क्विड

परीक्षणको क्रममा यस्तो देखियो इलेक्ट्रिक कार रेनो क्विड

यो वर्ष धेरै कार कम्पनीहरूले इलेक्ट्रिक कार सेग्मेन्टमा प्रवेश गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...