सानेपामा खुल्यो अशोक लेल्यान्डको एक्स्क्लुसिभ रिटेल पार्ट्स आउटलेट ‘सासा अटोमोटिभ’

काठमाडौं – नेपाली अटोमोबाइल क्षेत्रमा सुपरिचित ब्रान्ड अशोक लेल्यान्डले विशेष रिटेल पार्ट्स आउटलेट ‘सासा अटोमोटिभ’ को शुभारम्भ गरेको छ । सासा अटोमोटिभमार्फत अशोक लेल्यान्डका जेन्युइन स्पेयर पार्ट्स र एसेसरिज सहितको वान–स्टप सोलुसन उपलब्ध हुनेछ ।

ललितपुरको सानेपामा अवस्थित सासा अटोमोटिभमा अशोक लेल्यान्डका सवारी धनी र फ्लिट अपरेटरका विविध आवश्यकता पुरा हुने गरी उच्च गुणस्तरीय, फ्याक्ट्रीद्वारा प्रमाणित पार्ट्स र एसेसरिजका विभिन्न रेन्ज उपलब्ध हुनेछन् । सबै अवलोकनकर्ताका लागि निर्वाध खरिद अनुभव प्रदान गर्न आवश्यक ग्राहकमैत्री र व्यवस्थित वातावरण सहितको सो आउटलेट उपलब्ध गराएकोमा सासा अटोमोटिभ गर्व अनुभव गर्दछ ।

एक कार्यक्रमका बीच अशोक लेल्यान्डको सार्क क्षेत्रका इन्टरनेसनल अपरेसन हेड सुजन रोय र नेपालमा अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकद्वारा सासा अटोमोटिभको भव्य रुपमा उदघाटन गरियो । इन्टरनेसनल अपरेसन हेड सुजन रोयले रणनीतिक साझेदारीका लागि आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘हाम्रा मूल्यवान ग्राहकहरुलाई आईएमई अटोमोटिभ र सासा अटोमोटिभमार्फत जोड्न पाएकोमा खुसी छौ । रिटेल पार्ट्स आउटलेटले हाम्रा ग्राहकलाई अझै सेवा प्रदान गर्न र जेन्युइन अशोक लेल्यान्ड पार्ट्स उपलब्ध गराउन सहयोग गर्नुका आफ्नो सवारी साधनको पर्फमेन्स बढाउन र लामो समय चल्न सक्षम बनाउने छ ।’

आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले पनि यस वारेमा उत्साह व्यक्त गर्दै भने, ‘आईएमई मोटर्सले ग्राहकलाई सधै उच्च स्तरीय सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सासा अटोमोटिभ थपिएसँगै आगामी दिनमा जेन्युइन अशोक लेल्यान्ड पार्ट्स उपलब्ध गराएर हाम्रो सेवाको गुणस्तर अझै वृद्धि हुने र सवारी साधनको विश्वसनियता र सुरक्षा समेत अझै बढाउने हाम्रो लक्ष्य छ ।’ ‘

सासा अटोमोटिभ’ को उदघाटनसँगै आईएमई मोटर्सले ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आफ्ना सबै ग्राहकहरूलाई परिष्कृत र झन्झटमुक्त अनुभव प्रदान गर्ने लक्ष्य राखेको बताएको छ ।

सम्बन्धित समाचारहरू

अशोक लेल्याण्डको भाइकिङ १२एम प्राइम बस नेपालमा

अशोक लेल्याण्डको भाइकिङ १२एम प्राइम बस नेपालमा

काठमाडौं – अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले...

गुरुजीबाट साहुजी बनाउने अशोक लेल्यान्डको योजना, १ लाख ५० हजारमै दोस्त सिरिजका गाडी

गुरुजीबाट साहुजी बनाउने अशोक लेल्यान्डको योजना, १ लाख ५० हजारमै दोस्त सिरिजका गाडी

काठमाडौं – अशोक लेल्यान्ड गाडीका लागि नेपालको आधिकारिक बिक्रेता आइएमई...

‘सर्भिस सम्राट २०२५’ को ग्रान्ड फिनाले गर्दै अशोक एलटी इन्जिनियरिङ सर्भिसेज

‘सर्भिस सम्राट २०२५’ को ग्रान्ड फिनाले गर्दै अशोक एलटी इन्जिनियरिङ सर्भिसेज

काठमाडौं – आईएमई ग्रुपको गौरवपूर्ण संस्था अशोक एलटी इन्जिनियरिङ सर्भिसेज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...