पानी परेको समयमा सवारी साधनमा यात्रा गर्दा यी कुरामा ध्यान दिऔं
वर्षायाममा सडक अवरुद्ध हुँदा सवारी साधनमा सर्वसाधारणको सहज पहुँच हुन...
काठमाडौँ - नेपालको अग्रणी राइड शेयरिङ सेवा प्रदायक पठाओ नेपालले अब देखि नि:शुल्क फुड डेलिभरी सुरु गरेको छ ।
'रेस्टुरेन्टको दाममा घरमै खाम' भन्ने नाराका साथ पठाओले बिहान ९ बजेदेखि मध्यरात १२ बजेसम्मका सबै फुड अर्डरहरु नि:शुल्क डेलिभरी सुरु गरेको पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले बताए ।
पठाओ नेपालले सेप्टेम्बर २४ मा आफ्नो पाँचौं वार्षिकोत्सब मनाउँदै छ । आफ्नो वार्षिकोत्सबलाई लक्षित गर्दै कम्पनीले वार्षिकोत्सब महिनाको पहिलो दिन निशुल्क डेलिभरी योजना सार्वजनिक गरेको थापाले जानकारी दिए । यो महिना अरु पनि विभिन्न योजना र सहुलियत सार्वजनिक गर्ने कम्पनीको योजना छ ।
बिहान ९ बजे देखि राती ३ बजे सम्म फुड डेलिभरी गर्दै आएको पठाओ फुडले मध्यरात १२ बजेदेखि तीन बजेसम्म (तीन घण्टा) अवधीको फुड डेलिभरीमा भने १५० रुपैयाँ शुल्क लिनेछ ।
गत जुन १० देखि जुन ३० सम्म कम्पनीले फुड फेस्ट सम्पन्न गरेको थियो । त्यसक्रममा कम्पनीले डेढ लाखभन्दा बढी अर्डर डेलिभरी गरेर फुड डेलिभरीमा नयाँ रेकर्ड कायम राखेको थियो । सो फुड फेस्ट पछि कम्पनीको दैनिक अर्डर पनि बढेको थापले जानकारी दिए ।
फुड फेस्ट बाहेक पनि पठाओ फुडले हरेक दिनजसो विभिन्न अफरहरु ल्याएर आफ्ना सेवाग्राहीहरुलाई विभिन्न छुटहरु दिइरहेको छ । कम्पनीले ६ सयभन्दा बढी रेष्टुरेन्टबाट सेवा प्रदान गरिरहेको पठाओ फुडले ग्राहकलाई सबैभन्दा छिटो डेलिभरी गरिरहेको कम्पनीको दावी छ ।
नेपालमा सन् २०१८ को सेप्टेम्बर २४ देखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्ट ९ देखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बर २४ मा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो।
त्यस्तै सन् २०२१ जुन १३ बाट ग्रोसरी सामान डेलिभरी गर्दै 'पठाओ बजार' पनि सुरु गरेको पठाओले सन् २०२३ अगस्ट ९ देखि पठाओ पार्सल सुरु गरेको छ ।
वर्षायाममा सडक अवरुद्ध हुँदा सवारी साधनमा सर्वसाधारणको सहज पहुँच हुन...
काठमाडौं महानगरपालिकाले थप ३ वटा दमकल खरिद गरेको छ। सामाजिक सञ्जालमा...
काठमाडौँ– नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...