टाटाको नयाँ इलेक्ट्रिक कार एक्सप्रेस–टी, सिंगल चार्जमा २१३ किमिको रेन्ज प्रदान
टाटा मोटर्सले भारतीय बजारमा एक्सप्रेस–टीको पहिलो इलेक्ट्रिक सेडान लन्च...
टाटा मोटर्सले आफ्ना प्यासेन्जर ईभीका लागि नयाँ ब्रान्ड लन्च गरेको छ । सो प्यासेन्जर ईभी कारको नाम टाटा डट ईभी राखिएको छ । कम्पनीले आफ्नो अन्य प्यासेन्जर ईभी भन्दा यो नयाँ ब्रान्डलाई फरक बनाएको छ । यो नयाँ ब्रान्ड अन्तर्गत कम्पनीले सन् २०२६ सम्ममा १० वटा इलेक्ट्रिक कार लन्च गर्नेछ ।
टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका मार्केटिङ, सेल्स र सर्भिस प्रमुख विवेक श्रीवात्साले टाटा डट ईभीसँगै कम्पनी नयाँ युगमा प्रवेश गरेको र सस्टेनेबिलिटी, कम्युनिटी र प्रविधिमा ध्यान केन्द्रित गरिरहेको जानकारी दिएका छन् ।
टाटा मोटर्सले ७० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको बताएको छ । टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेड लगानीकर्ताको रूपमा टीपीजी राइज क्लाइमेटको साथ टाटा मोटर्सको सहायक कम्पनीले २०२६ सम्ममा १० नयाँ इलेक्ट्रिक कार लन्च गर्ने लक्ष्य राखेको छ । साथै कम्पनीले डेडिकेटेड इलेक्ट्रिक भेइकल पनि लन्च गर्ने लक्ष्य राखेको छ ।
कम्पनीले भारतमा इलेक्ट्रिक सवारी साधनको पूर्वाधार द्रुत रूपमा विकास गर्ने लक्ष्य राखेको छ । कम्पनीको उद्देश्य इलेक्ट्रिक सवारी साधनको प्रयोगको गतिलाई सुधार गर्ने हो । यसका लागि कम्पनीले ठूलो परिमाणमा चार्जिङ स्टेशन निर्माण गरिरहेको छ ।
कार निर्माता कम्पनीले यो वर्ष करिब १ लाख ईभी बिक्री गर्ने लक्ष्य राखेको छ । कम्पनीको हालको ईभी पोर्टफोलियोमा नेक्सन ईभी, टियागो ईभी, टिगोर ईभी र एक्सप्रेस टी ईभी समावेश छ ।
टाटा मोटर्सले भारतीय बजारमा एक्सप्रेस–टीको पहिलो इलेक्ट्रिक सेडान लन्च...
टाटा मोटर्सले भारतमा कर्भको इलेक्ट्रिक संस्करण लन्च गर्ने भएको छ ।...
काठमाडौं – टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...