शनिबार नेपाल सहित विश्वभर हुँदै डिस्टिङग्विस्ड जेन्टलम्यान राइड २०२५
काठमाडौं – विश्वभर मनाइने डिस्टिङग्विस्ड जेन्टलम्यान राइडको २०२५...
काठमाडौँ - भक्तपुरको जगातीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा प्रदेश २-०३-००१ ज०१४७ नम्बरको विङ्गर चालक सर्लाहीको लालबन्दी नगरपालिका १६ परवानीपुरका २८ वर्षीय जनक भुजेल, बा४ख ८०७५ नम्बरको मिनिबस चालक धनुषाको जनकपुर उपमहानगरपालिका ७ का ३८ वर्षीय प्रभाष कुमार झा र ना५ख ९१५९ नम्बरको कन्टेनर चालक दोलखाको भिमेश्वर नगरपालिका ६ का ४२ वर्षीय सन्तोष भण्डारी रहेका छन् ।
नियन्त्रणमा लिएका तिनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातीको संयुक्त टोलीले शुक्रबार १४ वटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जना लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका थिए ।
यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकलेनै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।
काठमाडौं – विश्वभर मनाइने डिस्टिङग्विस्ड जेन्टलम्यान राइडको २०२५...
काठमाडौं – निर्वाचनका दिन यात्रुहरूको आवागमन सहज बनाउन नेपाल पर्यटन...
काठमाडौं–सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...