अटो पत्रकारहरुको संगठन ‘जाम नेपाल’ को नयाँ नेतृत्व चयन, अध्यक्षमा सागर गजुरेल

काठमाडौं - जर्नालिष्ट एसोसिएसन अफ अटोमोबाइल्स मोबिलिटी (जाम नेपाल)को नयाँ नेतृत्व चयन भएको छ । बिहीबार राजधानीमा सम्पन्न जामको दोस्रो साधारणसभाले अध्यक्ष सागर गजुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।गजुरेल मेरो अटो डटकममा आवद्ध छन् ।

यसैगरी जामको उपाध्यक्षमा आर्थिक आवाज डटकमका सुरेन्द्र पौडल चयन भएका छन् भने महासचिवमा अटोमोवाइल म्यागेजिन र नेपालअटो डटकमका तोयानाथ पौडेल चयन भएका छन् ।

जामको सचिवमा रातोपाटी डटकमका प्रयास श्रेष्ठ र कोषाध्यक्षमा नेपाल खवर डटकमका वसन्त अर्याल चयन भएका छन् ।
जामको कार्यसमिति सदस्यहरुमा अटो नेपाल म्यागेजिनका रोशन श्रेष्ठ, चाणक्य पोष्ट डटकमका उज्ज्वल घिमिरे, मेरो लगानी डटकमका युवराज बस्नेत, नेपाल ड्राइभ डटकमका सौरभ नेपाल, क्यापिटल नेपाल डटकमका सुधिर भण्डारी, बिजमाण्डु डटकमका शुक्र गिरी र क्लिकमाण्डु डटकमका आरिश्मा मोक्तान चयन भएका छन् ।

नि: वर्तमान अध्यक्षसहित जाम नेपालको कूल १३ सदस्यीय पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । नवनियुक्त कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ ।

यसअघि जाम नेपालको अध्यक्षमा उज्ज्वल जंग शाह रहेका थिए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...