युरोपमा टेस्लालाई पहिलो पटक पछि पा-यो बीवाईडीले
युरोपमा पहिलो पटक टेस्ला भन्दा बढी कार बिक्री गरेर चिनियाँ कार निर्माता...
काठमाडौं – चालु आर्थिक वर्षको पहिलो महिना साउन महिनामा ११० वटा विद्यु्तीय कार भित्रिएका छन् । यही महिनामा २३९ वटा पेट्रोलबाट चल्ने कार र ७७ वटा डिजेलबाट चल्ने कार भित्रिएका छन् ।
भन्सार विभागको तथ्यांकअनुसार साउनमा ३४ करोड ६१ लाख रुपैयाँ बराबर मूल्यका यी विद्युतीय कार, जिप र भ्यान भित्रिएका हुन् ।
साउनमा ५० किलोवाटसम्मको २१ युनिट, ५१ देखि १०० किलोवाटसम्मको ८१ युनिट, १०१ देखि २०० किलोवाटसम्मको ५ युनिट र २०१ देखि ३०० किलोवाटसम्मको ३ युनिट विद्युतीय कार, जिप र भ्यान नेपालमा आयात भएका छन् ।
पेट्रोल कार अन्तर्गत सबैभन्दा धेरै १ हजार सीसीदेखि १५ सय सीसी सम्मका १८८ कार भारतबाट आयात भएका छन् । भारतबाटै १ हजार सीसी भन्दा कम क्षमताका ४१ वटा गाडी आयात भएका छन् ।
डिजेल गाडी अन्तर्गत पनि १५ सयदेखि २५ सय सीसीका ४७ वटा गाडी भारतबाटै आयात भएका छन् ।
चालु आर्थिक वर्षको पहिलो महिनामा १३ वटा एम्बुलेन्स र शव वहान भारतबाट आयात भएको भन्सार विभागले जनाएको छ ।
पेट्रोल र इलेक्ट्रिक दुबै लाग्ने हाइब्रिड मोडलका २ वटा कार जापानबाट आयात भएको विभागको तथ्यांक छ ।
युरोपमा पहिलो पटक टेस्ला भन्दा बढी कार बिक्री गरेर चिनियाँ कार निर्माता...
काठमाडौं– डोङफेङ नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले...
टाटा मोटर्सले आफ्ना प्यासेन्जर ईभीका लागि नयाँ ब्रान्ड लन्च गरेको छ । सो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...