चोभार बन्दरगाहमा नयाँ सवारी जाँचपासका लागि आउने क्रम बढ्दै, ४९ सवारी जाँचपास

काठमाडौँ - चोभार सुख्खा बन्दरगाहबाट ४९ वटा सवारी साधन जाँचपास भएका छन् । बन्दरगाहमा असार १४ गतेदेखि जाँचपासका लागि नयाँ सवारी आउन सुरु भएको थियो । बन्दरगाहमा नयाँ सवारी जाँचपासका लागि आउने क्रम बढ्दै गएको बताइएको छ ।

कार्यकारी निर्देशक आशिष गजुरेलले हालसम्म सांग्रिला मोटर्सको पेट्रोलबाट चल्ने ४४ वटा सिट्रोन कारहरु र जीओ अटोमोवाइल्सको ५ वटा ‘डबल क्याब पिक–अप’ गाडी चोभार भन्सार कार्यालयबाट भन्सार जाँचपास गर्नेगरी आएको बताए । उक्त गाडीहरु वीरगञ्ज एकीकृत जाँच चौकीबाट चोभार सुक्खा बन्दरगाहमा ल्याएको हो ।

हाल सवारी साधन आउन सहजीकरण गरिएको र नाडा अटोमोबाइल्स एसोसिएसनसँगको छलफलपछि चोभारमा सवारी जाँचपासका लागि आउन थालेको गजुरेलको भनाई छ । चोभारमा भन्सार जाँचपासको लागि आउने मालवाहक सावरी साधन एवं नयाँ सवारी साधनहरुको लागि प्रवेश निःशुल्क छ । यस्तै पार्किङ र गोदान शुल्क समेत न्यून रहेको बताइएको छ ।

चोभार सञ्चालनमा आएदेखि हालसम्म १७६ वटा कन्टेनर र ४९ नयाँ गाडीहरु भन्सार जाँचपासको लागि एका छन् । यो आयोजना विश्व बैंकससँगको ऋण सहयोगमा डेढ अर्ब रुपैयाँको लागतमा बनेको हो ।

सम्बन्धित समाचारहरू

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर १५...

सार्वजनिक यातायातको भाडा समायोजन गर्न महासंघको माग

सार्वजनिक यातायातको भाडा समायोजन गर्न महासंघको माग

काठमाडौं–इन्धनको मूल्य वृद्धिपछि सार्वजनिक यातायात सञ्चालनमा प्रत्यक्ष...

६ महिनामै ६८ अर्बको इन्धन आयात

६ महिनामै ६८ अर्बको इन्धन आयात

वीरगञ्ज – देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हुँदै नेपालका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...