ग्लोबल टेक्निसियन प्रतियोगितामा सिनियर टेक्निसियन बिनोद महर्जन बने फर्स्ट रनर–अप
काठमाडौं – नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक वितरक अल्फा...
काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघको आयोजनामा वृहत रक्तदान तथा आँखा जाँच शिविर सम्पन्न भएको छ । काठमाडौंको चावहिल, बौद्ध, जोरपाटी र साँखु एरियाका अटो मेकानिक्सहरुलाई लक्षित गरी सो कार्यक्रम आयोजना गरिएको थियो ।
संघका अध्यक्ष दिपेन्द्र बुढाथोकीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य राजु विष्ट र विशेष अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका पूर्व मेयर कृष्णहरी थापा थिए ।
संस्थाका सहसहचिव बुद्धिकृष्ण गजुरेल (अनिल) को संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रकाश फुयाल र वडा नम्बर ८ का वडाध्यक्ष हरिभक्त पुडासैनी लगायतका विभिन्न अतिथिहरुको समेत सहभागिता रहेको थियो ।
सो अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै संघका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले स्थापना काल देखि नै कुनै पनि राजनीतिक दलको भातृ संगठनको रुपमा नरही अटो मेकानिक्सहरुको हितमा संघले कार्य गरिरहेको र विभिन्न संस्थासँग सहकार्य गर्दै नयाँ प्रविधिको वारेमा मेकानिक्सहरुलाई सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिरहेको बताए ।
काठमाडौं उपत्यकामा अटोल्यान्डको आवश्यकता रहेको र उपत्यका वाहिर अटोल्यान्ड निर्माण हुने क्रम चलिरहेको बताउदै यसको नेतृत्वकर्ता नै यसबाट विमुख भएको र आगामी दिनमा यसका लागि नेतृत्व लिन उनले प्रमुख अतिथि लगायत अन्य अतिथिहरुलाई आग्रह गरे ।
सो अवसरमा प्रमुख अतिथि विष्टले आफू अटो मेकानिक्सको समस्या वारेमा जानकार भएको बताउदै सबैका लागि अत्यावश्यक मानिने सवारी साधन मर्मत गर्ने अटो मेकानिक्स पेशा संवेदनशील भएको र मर्मत सम्भार गर्ने स्थान उपलब्ध गराउनका लागि संघीय र स्थानीय सरकारले भूमिका खेल्नु पर्ने बताउदै यसका लागि आफूले समेत पहल गर्ने बताए ।
पूर्व मेयर थापाले आफ्नो कार्यकालमा अटोल्यान्डका लागि केही कार्य गर्न थालेको र त्यो पूरा नभएको बताउदै हालको नेतृत्वलाई पनि यस वारेमा आवश्यक सुझाव दिने बताए ।
कागेश्वरी मनोहरा वडा नम्बर ६ र ८ का वडाध्यक्ष लगायतले अटोल्यान्डको वारेमा सबैले मिलेर कार्य गर्नुपर्ने बताउदै नगरपालिकामा यस सम्बन्धी छलफल गर्ने बताए ।
सो अवसरमा ६७ जनाले रक्तदान गरेका थिए भने २५० जनाले आँखा जाँच गराएका थिए ।
कार्यसमिति सदस्य देवराज बज्राचार्यको सञ्चालनमा सम्पन्न सो कार्यक्रमका लागि शेल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक अटो पार्ट्स नेपालले सहयोग गरेको थियो ।
काठमाडौं – नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक वितरक अल्फा...
काठमाडौं – सवारी साधन सेवाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै...
काठमाडौँ – पोखरा क्षेत्रीय अस्पतालको आवश्यकता धान्ने अक्सिजन प्लान्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...