सुजुकी फ्रोङ्क्स र जिम्नीको मूल्य सार्वजनिक : यस्तो हुनेछ मूल्य
काठमाडौं – नेपाली बजारमा उपलब्ध सुजुकीका दुई मोडल फ्रोङ्क्स र जिम्नीको...
मारुती सुजुकीको नयाँ अफरोड एसयूभी जिम्नीले अहिले बजारमा निकै राम्रो चर्चा वटुलिरहेको छ । अफरोड यात्राका लागी उपयोगी हुने गरी निर्माण गरिएका कारण यसमा अफरोड एसयूभी पारखीको आकर्षण वढी देखिएको छ । यो नयाँ एसयूभीलाई आधिकारिक वितरक सिजी मोटोकर्पले जेटा र अल्फा गरी कुल दुई भेरिएन्टमा नेपाल ल्याएको हो । जसको मूल्य क्रमश ५९ लाख ९९ हजार र ६४ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
कम्पनीले यो नयाँ एसयूभीलाई आगामी भदौ २६ देखि शुरु हुने नाडा अटो शोमा विशेष प्राथमिकताका साथ प्रदर्शनीमा राख्ने तयारी गरेको छ । अटो शोमा विभिन्न ब्रान्डले नयाँ मोडलका ईभी लन्च गर्ने चर्चा चलिरहेको समयमा कम्वसन इन्जिन जडित जिम्नी मेलाको प्रमुख आकर्षण बन्ने अनुमान गर्न सकिन्छ ।
हेभी ड्युटी ल्याडर फ्रेम चेसिसमा बनेको कारण यसले जस्तोसुकै बाटोमा उत्कृष्ट पफर्मेन्स दिन सक्छ । यसको वाहिरी लुक्स एवं डिजाइन समेत निकै आकर्षक र स्पोर्टी रहेको छ । यसमा दिइएको ५ स्लट क्रोम प्लेटेड ग्रिलले एक अव्वल अफरोड मेसिनका रुपमा चिनाउन मद्दत गरेको छ । साथै यसमा अप्टिमाइज्ड बम्पर, प्राक्टिकल ड्रिप रेल, अलोय ह्विल्स, हेडल्याम्प वासर आदिका कारण यसको बाहिरी भाग फरक देखिन्छ ।

जिम्नीको अर्को महत्वपूर्ण विशेषताका रुपमा यसमा दिइएको ५ वटा ढोकालाई लिन सकिन्छ । जसका कारण पछाडिको सिटमा वस्त यात्रुलाई सहज हुने देखिन्छ ।
भित्री भागमा स्क्र्याच प्रतिरोधी सतह सहितको स्पोर्टी क्याबिन, स्मार्टप्ले प्रो, युटिलिटी किट, कम्फर्टेबल सिट डिजाइनले सबैको मन लोभ्याउछ ।
यसको ग्राउन्ड क्लिरियन्स २१० एमएम रहेको छ । यो एसयूभीमा फोर ह्विल ड्राइभ सिस्टम पाउन सकिन्छ । अफरोडकै लागि यसमा ब्रेक लिमिटेड स्लिप डिफरेन्सियल र थ्री लिंक रिजिड एक्सई सस्पेन्स दिइएको छ ।
अफरोड बाटोको लागि उत्तम हुने गरी डिजाइन गरिएको जिम्नीमा २२.६८ सेन्टिमिटरको स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश छन् ।

सुजुकी जिम्नीमा सुजुकी आफैले विकास गरेको अल ग्रिप प्रो नामक अत्याधुनिक फोर ह्विल ड्राइभ प्रविधि छ, जसको कारण अफरोड र जस्तोसुकै सडकमा पनि यसलाई सहज तरिकाले गुडाउन सकिन्छ । यसका आधारमा अफरोडमा जाने समयमा त्यही अनुसारको मोडमा गाडीलाई चलाउन सकिन्छ ।
सन् १९७० मा पहिलो पटक बजारमा आएको जिम्नीको यो चौथो पुस्ता हो । जिम्नीमा सुजुकीले १४६२ सिसीको ‘आइडल स्टार्ट स्टप’ विशेषता सहितको के–सिरिज इन्जिन जडान गरेको छ । जसको अधिकतम पावर १०४.८ पीएस र टर्क १३४.२ एनएम रहेको छ ।
फोर ह्विल ड्राइभ ड्राइभ सिस्टम दिइएको यो एसयूभीमा ५ स्पिड म्यानुअल ट्रान्समिसन जडान गरिएको छ । जिम्नीलाई अफरोडको साथै सिटी ड्राइभमा पनि उत्तिकै सहजताका साथ चलाउन सकिन्छ ।
काठमाडौं – नेपाली बजारमा उपलब्ध सुजुकीका दुई मोडल फ्रोङ्क्स र जिम्नीको...
मारुती सुजुकीको नयाँ स्विफ्ट भारतमा लन्च भएको छ । चौथो जेनेरेशन...
मारुती सुजुकीले अल्टोको टुर एच१ भेरिएन्ट लन्च गरेको छ । यो कार मारुती...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...