बीवाईडीको सब–ब्रान्ड फाङचेङबाओ र सुपर हाइब्रिड अफरोड एसयूभी ‘बाओ ५’ समेत सार्वजनिक

चाइनिज ईभी निर्माता कम्पनी बीवाईडीले आफ्नो सब–ब्रान्ड फाङचेङबाओ सार्वजनिक गरेको छ । यससँगै कम्पनीले ड्युअल मोड अफरोड (डीएमओ) सुपर हाइब्रिड प्लेटफर्म समेत सार्वजनिक गरेको छ । यसको पहिलो मोडलको रुपमा सुपर हाइब्रिड अफरोड एसयूभी ‘बाओ ५’ समेत सार्वजनिक गरिएको छ । फाङचेङबाओले बाओ ५ का साथमा दुई कन्सेप्ट कार बाओ ८ र बाओ ३ समेत सार्वजनिक गरेको छ ।

नयाँ ब्रान्ड फाङचेङबाओ दुई शब्द मिलेर बनेको छ फाङचेङ र बाओ । फाङचेङको अर्थ फर्मुला र बाओको अर्थ लियोपार्ड हुन्छ । लियोपार्ड जस्तै तीव्र गतिमा दौडिने फर्मुलाका साथ निर्माण गरिने सवारी साधनको अर्थमा यो नाम राखिएको हुन सक्छ ।

बीवाईडीको सब–ब्रान्डको रुपमा रहेको फाङचेङबाओद्वारा उत्पादन गरिने सवारी साधन महत्वपूर्ण हुने अनुमान गरिएको छ । डीएमओ सुपर हाइब्रिड प्लेटफर्म प्रयोग गरिने ती सवारी साधनमा ब्लेड ब्याट्री र हाइ–स्ट्रेन्थ स्टिल फ्रेमको प्रयोग गरिने छ । त्यसैगरी यसमा प्रयोग गरिने सेल टु च्यासिस (सीटीसी) टेक्नोलोजीले अफरोडको अवस्थामा ब्याट्रीलाई सुरक्षित राख्नुका साथै समग्र सवारी साधन नै सुरक्षित बनाउछ ।

बीवाईडी विश्वकै सबैभन्दा प्रतिष्ठित ईभी निर्माता कम्पनीको रुपमा रहेको छ । नेपालमा समेत बीवाईडीका सवारी साधनहरु बिक्री भइरहेका छन् । भविष्यमा नयाँ सब–ब्रान्ड फाङचेङबाओका उत्पादन समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

३०० विद्युतीय माइक्रो बसले दैनिक २१ लाख बचत गर्दै, कर बढेर मारमा परेको गुनासो

३०० विद्युतीय माइक्रो बसले दैनिक २१ लाख बचत गर्दै, कर बढेर मारमा परेको गुनासो

सरकारले सार्वजनिक गरेको बजेटमार्फत ११ वा सो भन्दा बढी सिट क्षमताका...

नयाँ शोरुमसंगै सार्वजनिक भयो वुलिङ एयर इभी

नयाँ शोरुमसंगै सार्वजनिक भयो वुलिङ एयर इभी

इभी नेपाल मोटर्सले नक्सालमा शोरुम उद्घाटनसंगै नयाँ इलेक्ट्रिक कार एयर इभी...

लुयान इलेक्ट्रिक स्कुटर किन्दा १५ हजार नगद छुट

लुयान इलेक्ट्रिक स्कुटर किन्दा १५ हजार नगद छुट

काठमाडौं–लुयान नेपालले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरूका लागि विशेष...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...