सांग्रिला मोटर्सले शुरु ग-यो सिट्रोन ई–सी३ को हस्तान्तरण

काठमाडौं – नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले सिट्रोन ई–सी३ को हस्तान्तरण शुरु गरेको छ ।

सिट्रोन ई–सी३ मा २९.२ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री प्याक रहेको छ । फ्रन्ट ह्विल ड्राइभ सिट्रोन ई–सी३ मा रहेको मोटरले ५७ हर्सपावर तथा १४३ एनएमको टर्क जनेरेट गर्छ । सिट्रोन ई–सी३ को मोटरले जम्मा ६.८ सेकेन्डमा शून्यबाट ६० किलोमीटर प्रतिघण्टाको स्पिडमा गुडाउन सक्छ ।

यो ईभीको टप स्पिड १०७ किलोमिटर प्रतिघण्टा रहेको छ भने रिजेनेरेटिभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुईवटा ड्राइभिङ मोड रहेको छ । एआरएआइका अनुसार सिट्रोन ई–सी३ ले एक पटकको फुल चार्जमा ३२० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ ।

यो कारलाई रेगुलर ३.३ किलोवाटको एसी चार्जरले चार्ज गर्दा १० घण्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ भने डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, यो डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीको जीवनलाई असर नपर्ने कम्पनीले दाबी गरेको छ । कम्पनीले यो कारमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटर ब्याट्री प्याकको वारेन्टी दिएको छ । त्यसैगरि यसमा दिएको इलेक्ट्रिक मोटरमा ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी रहेको छ ।

सिट्रोन ई–सी३ विश्व बजारमा धेरै रुचाइएको कार हो र नेपालमा पनि यसले उस्तै लोकप्रियता पाउने विश्वास कम्पनीले गरेको छ । आफ्नो कार्बन फुटप्रिन्ट घटाउँदै दिगो भविष्यतर्फ अगाडि बढ्न चाहने जोसुकैको लागि सिट्रोन ई–सी३ एउटा उपयुक्त रोजाइ हुने कम्पनीको भनाइ छ ।

नेपाली बजारमा उपलब्ध लाइभ भेरिएन्टको मूल्य ३२ लाख ९९ हजार र फिल भेरिएन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ । सिट्रोन ई–सी३ थापाथलीस्थित ‘ला मेजन सिट्रोन’ शोरुममा उपलब्ध छ र बिर्तामोड, इटहरी, विराटनगर, नारायणगढ, बुटवल, पोखरा, नेपालगन्ज, दाङ र धनगढीस्थित शोरुमहरुमा एक सातापछि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

नेपाल पनि विश्व बजार जस्तै ईभीतिर लम्किने तयारीमा, के यो सम्भव छ ?

नेपाल पनि विश्व बजार जस्तै ईभीतिर लम्किने तयारीमा, के यो सम्भव छ ?

आगामी आर्थिक वर्ष २०८०/८१ देखि सरकारले पेट्रोलियम पदार्थबाट चल्ने...

अब इलेक्ट्रिक स्कुटरमा आगलागीको खतरा कम हुने, कोमाकीले ल्यायो फायरप्रुफ ब्याट्री

अब इलेक्ट्रिक स्कुटरमा आगलागीको खतरा कम हुने, कोमाकीले ल्यायो फायरप्रुफ ब्याट्री

केही महिना अघि इलेक्ट्रिक स्कुटरमा आगलागीका धेरै घटना भएपनि अब यो समस्या...

पोखरामा हुने अटो शोमा यी ब्रान्डको रहने छ सहभागिता

पोखरामा हुने अटो शोमा यी ब्रान्डको रहने छ सहभागिता

पोखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...