चाडपर्वमा यात्रु व्यवस्थापनका लागि समिति बनाइने, भएन अग्रिम बुकिङको निर्णय
काठमाडौं – सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको...
काठमाडौँ - पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखराखण्डमा निर्माण गरिने सिग्नेचर पुलको डिजाइन तयार भएको छ। विस्तारको क्रममा रहेको सो राजमार्ग अन्तर्गत मादी र सेती नदीमा यस्तो पुल निर्माण हुन लागेको हो।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सेती नदीमा निर्माण गरिने सिग्नेचर पुलको डिजाइन स्वीकृत भएको बताउँदै वर्षा सकिनेबित्तिकै पुल निर्माण सुरु हुने जानकारी दिए ।
डिजाइन एन्ड बिल्ड ढाँचामा निर्माण भइरहेको सेती पुलको निर्माण ठेक्का रसुवा कन्स्ट्रक्सनले र मादी पुलको अन्नक निर्माण कम्पनीले पाएका छन्।
सेतीको पुल एक अर्ब रुपियाँ र मादीको एक अर्ब २० करोड रुपियाँको लगानीमा निर्माण हुने छ। विभागका महानिर्देशक ढकालले आयोजनाको अहिलेसम्मको भौतिक प्रगति १२ प्रतिशत मात्र रहेको जानकारी दिए । लम्बाइ ८१ किलोमिटर रहेको सो सडकखण्डको विस्तार कार्य २०७८ वैशाखदेखि सुरु भएको हो। अहिले दुई लेन रहेको सो खण्ड चार लेनमा विस्तार भइरहेको छ।
पूर्वी खण्डको विस्तारका लागि २०७७ माघ १७ गते सम्झौता भएको थियो। पश्चिमी खण्डको म्याद २०८१ भदौसम्म छ। यस खण्डको विस्तारका लागि २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो।
पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपियाँमा दिइएको छ। एसियाली विकास बैङ्कको २१ अर्ब ५० करोड रुपियाँ सहुलियत ऋणमा सो सडकखण्ड विस्तार भइरहेको छ।
काठमाडौं – सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको...
आज होली, रङको पर्व । होलीको समयमा सवारी साधनमा रङ लगाउनु सामान्य कुरा हो । तर...
मनसुनको मौसममा शहरदेखि गाउँसम्मका सडकमा हिलो हुनु सामान्य कुरा हो। तर,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...