गाडी किन्ने योजना छ भने घट्दै छ अटो लोनको ब्याजदर

विभिन्न बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । यस अनुसार उनीहरुले सवारी साधनका लागि आवश्यक अटो लोनको ब्याजदर समेत सार्वजनिक गरेका छन् ।

बैंकहरुले सामान्यतः प्रतिवर्ष १५ प्रतिशत सम्मको अटो लोन दिने गरिरहेकोमा अब भने करिव १४ प्रतिशत हुने गरी ब्याज दर सार्वजनिक गरेका छन् । हाल बैंकहरुले कर्जा स्थिर हुने र परिवर्तन हुने गरी दुई प्रकारले अटो लोन दिने गरेको पाइन्छ । त्यसैगरी निजी र कमर्सियल सवारी साधनका लागि पनि छुट्टाछुट्टै ब्याज दर लिने गरेका छन् ।

धेरै बैंकहरुले आफ्नो बेस रेट र त्यसमा थप गरेर ब्याज दर तोक्ने गरेका छन् भने स्थिर ब्याज दरमा भने निश्चित प्रतिशत नै ब्याज दर तोक्ने गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले यसरी गाडी कर्जा प्रदान गर्दा बेस रेटमा ३.५० र विद्युतीय सवारी साधन कर्जामा २.२५ प्रतिशत सम्म थप गरेर ब्याज लिने दर सार्वजनिक गरेको छ । हाल बैंकको बेस रेट ८.०२ प्रतिशत छ । यसका आधारमा बैंकले गाडी कर्जाका लागि ११.५२ प्रतिशत सम्म ब्याज लिनेछ भने विद्युतीय सवारी साधनका लागि १०.२७ प्रतिशत सम्म लिनेछ । त्यसैगरी स्थिर ब्याज दर अन्तर्गत ७ वर्ष सम्मका लागि १३.५० र १२.२५ प्रतिशत दर तोकेको छ ।

एनएमबी बैंकले विद्युतीय सवारी साधनका लागि ५ वर्षका लागि स्थिर ब्याजदर अन्तर्गत १२.४९ प्रतिशत ब्याजदर तोकेको छ । त्यसैगरी कृषि विकास बैंकले स्थिर ब्याजदरमा १३.५२ प्रतिशत दर तोकेको छ ।

नविल बैंकले प्राइभेट, कमर्सियल र इलेक्ट्रिक भेइकल भनी तीन वर्गमा सबैलाई बेस रेटमा ५ प्रतिशत जोडेर ब्याज लिने बताएको छ । बेस रेट हाल ९.५२ प्रतिशत भएकाले यसको ब्याजदर १४.५२ प्रतिशत सम्म हुनेछ । त्यसैगरी ५ वर्ष सम्मका लागि १३.४९ प्रतिशत र ५ देखि ७ वर्ष सम्मका लागि १४.४९ प्रतिशत स्थिर ब्याजदर निर्धारण गरेको छ ।

यसैगरी अन्य बैंकहरुले समेत निकालेको ब्याज दर हेर्दा सामान्यतः १४ प्रतिशतको हाराहारीमा अटो लोन उपलब्ध हुनेछ । केही वर्ष पहिले सम्म करिव ८ प्रतिशतकै हाराहारीमा रहेको अटो लोनको ब्याज दर हाल निकै नै बढेको पाइन्छ ।

यद्यपि यति धेरै ब्याज दर बढ्दा पनि बैंकमा गाडी किन्नका लागि अटो लोन सहज रुपमा उपलब्ध हुने वातावरण भने छैन । बैंकहरुले भविष्यको बजार हेरेर र नियमित कार्यका लागि मात्र सो दर सार्वजनिक गरेको भन्न सकिन्छ ।

सरकारले विदेशी मुद्रा सञ्चितिलाई बढाउने भनेर सवारी साधनकै आयातमा रोक लगाएको थियो । यसका लागि राष्ट्र बैंकले समेत कडाई गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । तर हाल बैंकहरुमा तरलता बढ्दै गएको अवस्था छ । यसले गर्दा कुनै ग्राहकले बैंकमा अटो लोनका लागि धाउदा रकम नै नपाउने अवस्था छ । यद्यपि ब्याजदर महंगो भएकाले पनि धेरैले यसमा रुचि देखाएको पाइदैन ।

कुनै पनि सवारी साधन किन्नका लागि मानिसले अटो लोन लिनै पर्छ । पुरै रकम तिरेर सवारी साधन किन्ने मानिस कमै हुन्छन् । यो अवस्थामा अटो लोन नै नपाइने कारण हाल बजारमा स्टक रहेका गाडी समेत बिक्री हुन सकेका छैनन् ।

सम्बन्धित समाचारहरू

डोङफेङ इलेक्ट्रिक भ्यान किन्न ग्लोबल आइएमई बैंकले सहजै कर्जा दिने

डोङफेङ इलेक्ट्रिक भ्यान किन्न ग्लोबल आइएमई बैंकले सहजै कर्जा दिने

काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प बिच विद्युतीय...

फेस्टिभल अफर : अधिकांश मोटरसाइकल किन्ने अन्तिम मौका आज

फेस्टिभल अफर : अधिकांश मोटरसाइकल किन्ने अन्तिम मौका आज

नेपालीहरुको महान चाडपर्वहरु दसैं, तिहार र छठ लगायतका पर्वहरुलाई लक्ष्यित...

गाडी किन्न नबिल बैंकले ५.९१ प्रतिशत ब्याजदरमै लोन दिने

गाडी किन्न नबिल बैंकले ५.९१ प्रतिशत ब्याजदरमै लोन दिने

काठमाडौं– देशको सबैभन्दा ठूलो बाणिज्य बैंक नबिलले एकदमै सस्तो ब्याजदरमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...