महिन्द्राको नयाँ पिकअप कन्सेप्ट सार्वजनिक

महिन्द्राले स्कोर्पियो एनमा आधारित पिकअपको कन्सेप्ट एसयूभी सार्वजनिक गरेको छ ।

महिन्द्राको नयाँ पिकअप महिन्द्रा इन्डिया डिजाइन स्टुडियोमा डिजाइन गरिएको हो । पिकअपको हेडलाइट, बोनट, फेन्डर र फ्रन्ट डोर स्कोर्पियो एन जस्तै छ । यसमा आव्रmामक स्टाइलको पप आउट ग्रिल समावेश छ । साथै फ्रन्टमा एलईडी लाइट पनि समावेश छ ।

टेलगेटमा महिन्द्रा लेखिएको छ । रियर बम्परमा २ वटा हुक जडान गरिएको छ, जसलाई बीचमा लेडरको रुपमा जडान गरिएको छ । टेल लाइटमा पिक्सेल जस्तो डिजाइन दिइएको छ ।

सो स्कोर्पियोमा लेवल २ एडीएएस, सेमी अटोमेटिक पार्किङ र ५ जी बेस्ड कनेक्टिभिटी जस्ता फिचर समावेश हुनेछ । साथै सनरुफ, ट्रेलर स्वे मिटिगेसन र ईएसपी जस्ता फिचर पनि हुनेछ ।

कम्पनीका अनुसार नयाँ पिकअप जेन आईआई अल आल्मुनियम एमहक डिजेल इन्जिनद्वारा सञ्चालन हुनेछ, जसलाई ६ स्पिड म्यानुअल वा आइसिन सोस्र्ड ६ स्पिड अटोमेटिकसँग जोडिनेछ ।

महिन्द्रा पिकअप ४डब्ल्युडी र शिफ्ट अल द फ्लाई क्षमताका साथ उपलब्ध हुनेछ । यसमा ४ ड्राइभ मोड हुनेछ र यो सन् २०२५ सम्ममा लन्च हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

नेपाल र भारत दुवै देशबाट एकैपटक आज सार्वजनिक हुँदै महिन्द्रा स्कोर्पियो एन

काठमाडौं – महिन्द्राले बजारमा पहिले देखि लोकप्रिय मानिएको स्कोर्पियो...

ईभी इन्टरनेसनल एक्स्पोमा महिन्द्राको नयाँ विद्युतीय सवारी साधन सार्वजनिक

ईभी इन्टरनेसनल एक्स्पोमा महिन्द्राको नयाँ विद्युतीय सवारी साधन सार्वजनिक

काठमाडौं – महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ‘ट्रियो झोर डीभी’...

पिकअपमा २४ घन्टाभित्र सर्भिस उपलब्ध गराइसक्ने अग्नी ग्रुपको प्रतिबद्धता

पिकअपमा २४ घन्टाभित्र सर्भिस उपलब्ध गराइसक्ने अग्नी ग्रुपको प्रतिबद्धता

महिन्द्रा प्यासेन्जर कार तथा पिकअपको आधिकारिक बितरक अग्नी ग्रुपले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...