लापसे गरी सवारी चलाउने ३ जना पक्राउ, नियमविपरीत सवारी चलाउने ४१ जना कारबाहीमा

काठमाडौँ - काठमाडौँको नागढुङ्गामा शुक्रबार गरिएको लागु पदार्थ सेवन (लापसे) चेकिङका क्रममा ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउनेमा बागमती प्रदेश ०३–००१ च ०७८० नम्बरको पिकअप चालक रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ६ का २६ वर्षीय सदाम मिया अन्सारी, ना ६ ख ९६ ०१ नम्बरको बस चालक तनहुँको भानु नगरपालिका ५ का ३८ वर्षीय सुरेन्द्र लामा र ना ४ ख २ २१ नम्बरको ट्रक चालक नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती नगरपालिका १६ का २ वर्षीय अजय विष्ट रहेका छन् ।

तीन जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले आज‍ २५ वटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जना भने ‍लागुपदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा फेला परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

यस्तै थानकोट र नागढुङ्गामा शुक्रबार नै गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नराखी सवारी चलाउने ४१ जना चालकलाई कारबाही गरिएको छ ।

सम्बन्धित समाचारहरू

सवारी साधनमा ह्विल लक लगाउनु कानुनसम्मत रहेको उच्च अदालत पाटनको ठहर

सवारी साधनमा ह्विल लक लगाउनु कानुनसम्मत रहेको उच्च अदालत पाटनको ठहर

काठमाडौं–सवारी साधनमा ‘ह्विल लक’ लगाउने नगर प्रहरी तथा ट्राफिक प्रहरीको...

जब दश गुणा बढी भाडा लिएकाे थाहा पाएपछि प्रहरी आफैँ यात्रु बनेर बसपार्क पुग्याे…

जब दश गुणा बढी भाडा लिएकाे थाहा पाएपछि प्रहरी आफैँ यात्रु बनेर बसपार्क पुग्याे…

काठमाडौँबाट विभिन्न जिल्ला जाने क्रममा यातायात व्यवसायीले यात्रुबाट...

भोलि देखि बागमती प्रदेशका सवारी साधनको ब्लुबुक अनलाइनबाटै नवीकरण गर्न सकिने

भोलि देखि बागमती प्रदेशका सवारी साधनको ब्लुबुक अनलाइनबाटै नवीकरण गर्न सकिने

काठमाडौं – भोलि शुक्रबारदेखि बागमती प्रदेश भित्रका सवारी साधनको ब्लुबुक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...