दुल्ला ब्रान्डले ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटर प्रयोग गर्ने
काठमाडौं – नेपालमा उच्च गुणस्तरीय छालाका सामग्री उत्पादनका लागि प्रसिद्ध...
टीभीएस मोटर कम्पनीले यसै महिनाको अन्त्यमा क्रियोन इलेक्ट्रिक स्कुटर कन्सेप्टमा आधारित टु ह्विल स्कुटर ल्याउन सक्ने अनुमान गरिएको छ । सो स्कुटर २०१८ को अटो एक्स्पोमा पहिलो पटक सार्वजनिक गरिएको थियो । कम्पनीले हालै इन्टरनेटमा आफ्नो आगामी मोडलको टिजर सार्वजनिक गरेको छ ।
उक्त टिजरमा स्कुटरको बारेमा सबै विवरण खुलाएको छ । टिजरमा एप्रोन, हेडलाइट र इन्डिकेटरको साथसाथै स्कुटरको फ्रन्ट फेसियाको डिजाइनको झलक देखाइएको छ । टिजरमा क्रियोन ई–स्कुटर कन्सेप्टसँग मिल्दोजुल्दो भर्टिकल हेडलाइट युनिटको पनि झलक देखाएको छ ।
सो स्कुटरमा ११.७६ किलोवाटको इलेक्ट्रिक मोटर दिइएको छ । सो मोटरले ५.१ सेकेण्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने कम्पनीको दाबी छ ।
हालैको रिपोर्ट अनुसार कम्पनीको आगामी इलेक्ट्रिक स्कुटर टीभीएस एनटर्क १२५ को इलेक्ट्रिक भर्सन हुन सक्ने पनि अनुमान गरिएको छ । यसको नाम सम्भवतः इनटर्क हुनेछ । यसलाई आईक्युबको लाइनअपमा टपमा हुने सम्भावना छ ।
काठमाडौं – नेपालमा उच्च गुणस्तरीय छालाका सामग्री उत्पादनका लागि प्रसिद्ध...
वीरगञ्ज – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट...
काठमाडौं– चांगन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...