ट्राफिक स्वयंसेवकका लागि कानुन संकायका २०६ जना विद्यार्थी परिचालन

काठमाडौँ - काठमाडौँ स्कूल अफ ल का विद्यार्थीहरू आजबाट ट्राफिक स्वयंसेवकका रुपमा काठमाडौँ उपत्यकाका विभिन्न चोकहरूमा खटिएका छन् ।

स्कूल अफ लमा हिजो आयोजित ट्राफिक स्वयंसेवक कार्यक्रमको, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले समुद्‍घाटन गरेका थिए ।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक पोखरेलले ट्राफिक नियमको व्यवहारिक प्रयोग, लेन अनुशासन पालना, मर्यादित सवारी चालक, कानुनलाई आत्मसात गर्ने प्रवृतिलाई प्राथमिकतामा राखि सडकमा हुने लापरवाहीलाई न्यूनिकरण गर्नु नै आजको आवश्यकता रहेको बताए । उनले सडकमा खटिने विद्यार्थीहरूलाई ट्राफिक स्वयंसेवकको ज्याकेट र क्याप समेत वितरण गरेका थिए ।

उक्त कार्यक्रममा काठमाडौँ स्कूल अफ ल का अध्यक्ष तथा पूर्व सचिव डा। गोबिन्द कुसुम, कार्यकारी निर्देशक प्राध्यापक डा। युवराज संग्रौला, क्याम्पस प्रमुख प्राध्यापक डा। कुमार ईङ्गनाम, कार्यमूलक शिक्षण विभागका संयोजक सह(प्राध्यापक ज्ञानु गौतम र शिक्षक तथा विद्यार्थीहरूको उपस्थिती रहेको थियो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले गत शनिबार २०६ जना विद्यार्थीहरूलाई सडक सुरक्षा र आत्मरक्षा सम्बन्धी एक दिने प्रशिक्षण समेत दिएको थियो ।

आजबाट ७ दिनसम्म बिहान र बेलुकीको पिक आवरमा माइतीघर, सिंहदरबार, अनामनगर, पद्मोदयमोड, बागबजार, पुतलीडक र कमलादीमोडमा खटिने स्वयंसेवकहरूले सडक प्रयोकर्तालाई ट्राफिक नियमको बारेमा जानकारी गराउने छन् ।

स्वयंसेवकले पैदलयात्रीलाई जेब्राक्रस तथा आकाशे पुलको प्रयोग गर्न, सडक लेनको पालना गर्न र लाइनमा बसेर बस चढ्न तथा ओर्लनका लागि बस बिसौनीमा यात्रुलाई सहयोग गर्ने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

सम्बन्धित समाचारहरू

ट्राफिकले दिन थाल्यो क्युआर कोड सहितको प्रतिलिपि सिफारिस

ट्राफिकले दिन थाल्यो क्युआर कोड सहितको प्रतिलिपि सिफारिस

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले क्युआर कोडसहितको प्रतिलिपि...

काठमाडौं महानगरमा आए थप तीन दमकल

काठमाडौं महानगरमा आए थप तीन दमकल

काठमाडौं महानगरपालिकाले थप ३ वटा दमकल खरिद गरेको छ। सामाजिक सञ्जालमा...

स्पाइडर म्यानको स्टन्टले पुर्‍यायो जेलसम्म, थारको छतमा देखिएको थियो अपराधी

स्पाइडर म्यानको स्टन्टले पुर्‍यायो जेलसम्म, थारको छतमा देखिएको थियो अपराधी

सामाजिक सञ्जालमा भाइरल भएको एक अनौठो भिडियोले अहिले सबैको ध्यान खिचेको छ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...