फेमिली कारको रुपमा चर्चित छ यो कार, २३ वर्षदेखि लगातार शीर्ष स्थान बनाउन सफल

फेमिली कारको रूपमा अहिले सबैको ध्यान एमपीभीमा भएपनि कुनै समय मारुती सुजुकी अल्टो के१० ले फेमिली कारको रुपमा निकै लोकप्रियता कमाएको थियो ।

मारुती सुजुकी अल्टो के१० कारले लगातार सबैभन्दा बढी बिक्री हुने कारको सूचीमा आफ्नो स्थान बनाएको छ र अहिले नयाँ रेकर्ड पनि बनाएको छ । सन् २००० मा लन्च भएको सो कार हालसम्म ४५ लाख युनिट बिक्री भइसकेको छ ।

कारमा १.० लिटर पेट्रोल इन्जिन दिइएको छ । यो इन्जिनले ६५.७१ बीएचपी पावर जेनेरेट गर्छ । सो इन्जिन कारको सीएनजी भेरिएन्टमा पनि उपलब्ध छ । सीएनजीमा ६५.७१ बीएचपी पावर जेनेरेट गर्छ । सो कार ५ स्पिड म्यानुअल र अटोमेटिक गियर ट्रान्समिसनमा उपलब्ध छ ।

सो कार एलएक्सआई, भीएक्सआई, भीएक्सआई प्लस र ओ गरी ४ भेरिएन्टमा उपलब्ध छ । जबकि सीएनजी मोडेल फरक छ । कारमा ६ कलर अप्सन दिइएको छ ।

मारुती सुजुकी अल्टो के१० मा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमका साथै किलेस इन्ट्री, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्टेयरिङ माउन्टेड कन्ट्रोल जस्ता फिचर दिइएको छ । सेफ्टीका लागि कारमा २ एयरब्याग, रियर पार्किङ सेन्सर, एबीएस, ईबीडी जस्ता फिचर दिइएको छ ।

सो कारको प्रारम्भिक मूल्य नेपाली बजारमा २४ लाख ४९ हजार रुपैयाँ छ । यसको टप भेरिएन्टको मूल्य २६ लाख ९९ हजार रुपैयाँ छ । अन्य दुई भेरिएन्टको मूल्य क्रमशः २५ लाख ४९ हजार र २६ लाख ४९ हजार रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

परिक्षणको दौरान पोल्यान्डमा देखियो सुजुकीको पहिलो इलेक्ट्रिक कार

परिक्षणको दौरान पोल्यान्डमा देखियो सुजुकीको पहिलो इलेक्ट्रिक कार

सुजुकीको पहिलो इलेक्ट्रिक कार पोल्यान्डमा परिक्षण हुँदै गर्दा देखिएको छ ।...

नवरात्रमा मारुती सुजुकीको ४ दिनमै ८० हजार कार बिक्री

नवरात्रमा मारुती सुजुकीको ४ दिनमै ८० हजार कार बिक्री

चाडपर्वको मौसम र हालै भएको जीएसटी दर कटौतीले भारतको कार बजारमा ठूलो उछाल...

नयाँ एडिसनमा आयो जिम्नी

नयाँ एडिसनमा आयो जिम्नी

मारुती सुजुकीले आफ्नो लोकप्रिय अफरोड एसयुभी जिम्नीको नयाँ एडिसन ‘थन्डर’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...