आज देखि देशभरका शोरुममा सुजुकी जिम्नी र फ्रोङ्क्स उपलब्ध

काठमाडौँ - नेपालमा लामो समय देखि प्रतीक्षा गरिएका सुजुकीका दुई एसयूभीहरु अब नेपाल अधिराज्यभरका सबै सुजुकी शोरुमहरुमा हेर्न र टेस्ट ड्राइभ गर्न सकिने भएको छ ।आज देखि यी एसयूभी शोरुमहरुमा उपलब्ध हुने भएको छ ।

नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले ती एसयूभीहरुको बुकिङ गत असार २९ देखि नै खुल्ला गरेको थियो ।

कम्पनीले आक्रामक मूल्य रणनीति अपनाई यी एसयूभीको मूल्य निर्धारण गरेको जनाएको छ । जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार र फ्रोङ्क्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँबाट सुरु हुनेछ ।

५–ढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतीक्षित कारमध्ये एक हो । यो मोडलको माग विश्वभर नै निकै रुचाइएको छ । सुजुकी जिम्नी अल्टिमेट अफरोड एसयूभी हो जो हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एङ्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ । यो एसयूभी एक समर्पित उन्नत फोर ह्विल ड्राइभ प्रणाली, अल ग्रिप प्रोका साथ आउछ भने ब्रेक लिमिटेड स्लिप डिफरेंन्सियल र थ्री लिंक रिजिड एक्सल सस्पेन्सन जस्ता अफरोड सुविधाहरू समावेश गर्दछ।

अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीले २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गर्दछ ।

नयाँ सुजुकी फ्रोङ्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रित एसयूभी हो । ‘द फेस अफ न्यु एसयूभी’ भनिएको सुजुकी फ्रोङ्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ भने यसमा रहेको अत्याधुनिक प्रविधिहरुले आरामदायी र सुरक्षित अनुभूति प्रदान गर्दछ। प्रिमियम डिजाइन, नयाँ युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुविधाहरुले सुसज्जित फ्रोङ्क्सले आधुनिक नेपाली ग्राहकहरुको लागि सम्पूर्ण माग आपूर्ति गर्ने विश्वास कम्पनीले लिएको जनाएको छ ।

सम्बन्धित समाचारहरू

सुजुकीको नयाँ स्विफ्टमा ६ एयर ब्याग र एडीएएस फिचर हुने

सुजुकीको नयाँ स्विफ्टमा ६ एयर ब्याग र एडीएएस फिचर हुने

मारुती सुजुकीले आफ्नो सबैभन्दा लोकप्रिय कार स्विफ्टको फेसलिफ्ट संस्करण ९...

मारुती सुजुकीको फ्रङ्क्स एसयूभी, यस्तो छ विशेषता

मारुती सुजुकीको फ्रङ्क्स एसयूभी, यस्तो छ विशेषता

मारुती सुजुकीले नयाँ क्रसओभर फ्रङ्क्सलाई अटो एक्सपो २०२३ मा सार्वजनिक...

०५७ सालमा मारुती ८०० किन्ने पैसाले आउथ्यो १०० तोला सुन, कति थियो मूल्य ?

०५७ सालमा मारुती ८०० किन्ने पैसाले आउथ्यो १०० तोला सुन, कति थियो मूल्य ?

काठमाडौं – अहिले बजारमा उपलब्ध मारुती सुजुकी ८०० को मूल्य कति होला ? अनि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...