कर्णाली करिडोरको ४१ किलोमिटर सडक स्तरोन्नति हुने, ३ अर्ब बढीको ठेक्का सम्झौता
काठमाडौं – कर्णाली प्रदेशको महत्वपूर्ण रणनीतिक सडक पूर्वाधारका रूपमा...
जोन्टेसको नयाँ मोटरसाइकल जोन्टेस ३१०टी टुरर एड्भेन्चर सार्वजनिक गरेको छ । एड्भेन्चर टुररका लागि लक्ष्यित गरिएको यो मोटरसाइकल त्यसै अनुसार असाधारण पर्फमेन्स, आकर्षक फिचर र विशेष डिजाइनमा उपलब्ध छ ।
सिटी स्ट्रिट र अफरोड ट्रेल दुवैमा सहज तरिकाले चलाउनका लागि यसमा त्यसै अनुसार फिचर प्रयोग गरिएको छ । १८६ एमएमको ग्राउन्ड क्लियरेन्स र १३८० एमएमको ह्विलबेस भएको यो मोटरसाइकलको लम्बाई २०८० एमएम, चौडाई १३६० एमएम र उचाई ८५० एमएम छ ।
हलुका र पावर टु वेट रेसियोको ब्यालेन्स मिलाइएको यो मोटरसाइकलमा ३१२ सीसी डबल ओभरहेड क्यामसाफ्ट फोर भल्व इन्जिन छ, जसले ३५.३५ पीएस पावर र ३० एनएम टर्क जेनेरेट गर्छ । यसमा भएको एड्भान्स्ड फ्युल इन्जेक्सन सिस्टमले जुनसुकै राइडिङ कन्डिसनमा पनि आवश्यकता अनुसारको पावर डेलिभर गर्छ । यसमा असिस्ट एन्ड स्लिपर क्लच सहितको ६–स्पिड गियरबक्स रहेको छ ।
यसमा भएको ड्राई सम्प सिस्टमले लुब्रिकेसन क्षमतालाई अप्टिमाइज गर्छ । यसले इन्जिन सम्पबाट लुब्रिकेन्ट हटाएर छुट्टै रिजरभ्वायरमा राख्छ र समग्र आयलको तापक्रम घटाउछ । यसबाट इन्जिनको आयु लम्बिनुका साथै वेयर एन्ड टियर हुनबाट समेत बचाउछ । यसबाट पर्फमेन्स बढ्नुका साथै राइडिङ पनि सहज हुन्छ ।
एड्भान्स्ड एलईडी हेडलाइट र स्टाइलिस लाइटिङ सिस्टम रहेको यो मोटरसाइकलमा युरो ५ इमिसन स्ट्यान्डर्ड अर्थात बीएस६ सरह मापदण्डको इन्जिन रहेको छ ।
नेपाली बजारमा आइरन मंक नेपालले उपलब्ध गराएको हो । यसको नर्मल मोडलको मूल्य ८ लाख ९९ हजार ९ सय रुपैयाँ र सिंगल साइडेड स्विङग्राम मोडलको मूल्य ९ लाख ९९ हजार ९ सय रुपैयाँ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...