यस्तो छ सडकमा भएको सेतो र पहेंलो चिन्हको अर्थ

सामान्य सडक वा राजमार्गहरूमा बनेको लाइन देख्नु भएको होला ! कुनै ठाउँमा यी रेखाहरू पहेँलो रङका हुन्छन् र कही ठाउँमा सेतो रंगको हुन्छन् । यी रेखाहरुले सडक सुरक्षाको लागि महत्वपूर्ण अर्थ राख्छन् ।

सडक चिन्ह पहिलो पटक बेलायतमा सन् १९१८ मा सुरु भएको हो । सो समयमा चार दोबाटो र बस स्टपमा संकेत गर्न पहिलो पटक सडकमा सेतो रङले चित्रित गरिएको थियो । सन् १९२६ सम्ममा सडकमा विभिन्न रङले चिन्ह लगाउन थालियो । १९४० को दशकमा ट्राफिक लेनहरू छुट्याउन सेतो लाइन प्रयोग गर्न थालियो ।

सडकमा पहेँलो रङको प्रयोग भने सन् १९५० को दशकदेखि सुरु भएको हो । पहेँलो रङ विशेषगरी पार्किङ, पर्खाइ र लोडिङको लागि प्रयोग गर्न थालियो ।

आजकाल सडकमा चिन्हको लागि थर्मोप्लास्टिकबाट बनेका रङहरुको उपयोग गर्न थालिएको छ । उक्त रङ लामो समयसम्म टिकाउ हुन्छ र सजिलैसँग फिका हुँदैन । यसलाई सडक चिन्हको लागि एक राम्रो विकल्पको रुपमा लिइएको छ ।

सामान्यतया सडकमा सेतो र पहेँलो रङ ठोस रेखा वा अटुट रेखा, टुटेको रेखा र दुवैको संयोजनमा कोरिएका हुन्छन् । ति रेखाहरुको विभिन्न अर्थहरु पनि हुन्छन् ।

सिधा सेतो रेखा
सडकमा सेतो रङबाट सिधा नछुट्टिएको रेखा कोरिएको स्थानमा ओभरटेक गर्न मनाही हुन्छ । यस्ता रेखा भएको स्थानमा ओभरटेक गर्न मिल्दैन । यी रेखा परिवर्तन नभएसम्म आफ्नो लेन परिवर्तन गर्न मिल्दैन ।

बीचमा छुट्टिएको सेतो रेखा
यस्तो रेखा भएको स्थानमा सावधानि पुर्वक ओभरटेक गर्न सकिन्छ ।

सिधा पहेंलो रेखा
सामान्यतया घुमारो बाटोमा सिधा पहेँलो रङको रेखाहरु हुन्छ । यसको मतलब यहाँ पार्किङ गर्न पाइदैन । कतिपय ठाउँमा लेन परिवर्तन वा ओभरटेक नगर्ने पनि संकेत गर्छ ।

डबल पहेंलो रेखा
यस्ता लेनहरूमा लेन परिवर्तन गर्न वा ओभरटेक गर्न खतरनाक हुन्छ । कतिपय ठाउँमा डबल पहेँलो रेखामा पर्खन अनुमति छ तर पार्किङ गर्न भने पाइदैन ।

सिधा र छुट्टिएको पहेँलो रेखा
सिधा र छुट्टिएको पहेँलो रेखामा छुट्टिएको लाइनको लेनमा रहेका चालकले ओभरटेक गर्न पाइन्छ, जबकि सिधा लाइनको छेउमा रहेका चालकले ओभरटेक गर्न पाइदैन ।

यी सडक चिन्हहरू जान्नु र बुझ्नु सुरक्षित ड्राइभिङको लागि आवश्यक छ । यी रेखाहरुले दुर्घटना रोक्न र सडकमा सवारी साधनको सहज प्रवाह सुनिश्चित गर्न मद्दत गर्छ ।

सम्बन्धित समाचारहरू

आजदेखि रिङ रोडका टिकट काउण्टरको बोर्ड हटाइने 

आजदेखि रिङ रोडका टिकट काउण्टरको बोर्ड हटाइने 

काठमाडाैँ – आज देखि काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका रिङ...

मनाङ जोड्ने सुरुङमार्ग सम्भाव्यता अध्ययन हुने

मनाङ जोड्ने सुरुङमार्ग सम्भाव्यता अध्ययन हुने

कास्की – जिल्लाको मादी गाउँपालिकाले गाउँपालिकाको मद्क्यु (सिक्लेसको...

पोखराका ट्याक्सी मिटरमा नचलाए कारबाही गरिने, यस्ताे छ भाडादर

पोखराका ट्याक्सी मिटरमा नचलाए कारबाही गरिने, यस्ताे छ भाडादर

काठमाडाैँ -कास्कीको पोखरा उपत्यकाभित्र सञ्चालन हुने ट्याक्सी आगामी भदौ १...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...