नेपाली लुब्रिकेन्ट बजारमा असाधारण प्रर्दशन गरे वापत आईएमई मोटर्स मोटुल इन्डिया एलिट क्लबमा
काठमाडौं – नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आईएमई...
नेपाली अटोमोबाइल क्षेत्रमा कार्यरत युवा पुस्ताको एक प्रतिनिधि पात्र हुन् निशान ढकाल । आईएमई ग्रुपद्वारा सञ्चालित अटोमोबाइल डिभिजन ‘आईएमई मोटर्स’ को कार्यकारी निर्देशकको रुपमा उनी कार्यरत छन् ।
बेलायतको लण्डनस्थित युनिभर्सिटी अफ वेस्ट मिनिस्टरबाट अन्डर ग्राजुएट तथा अमेरिकाको क्यालिफोर्निया स्थित हल्ट बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा मास्टर्स गरेका ढकालले पछिल्लो समयमा नेपालमै द ब्रिटिश कलेजबाट एमबीए समेत गरेका छन् । २३ वर्षिय युवा अवस्थामा उनले आफ्नो शैक्षिक योग्यतालाई व्यवहारमा लागू गर्ने अवसर पाएका छन् । आईएमई ग्रुपकै लागि नयाँ व्यवसाय भएको अटोमोबाइल व्यवसायलाई माथि उठाउने चुनौती उनमा थपिएको छ ।
सामान्यतः वित्तीय क्षेत्रमा कार्यरत रहेको आईएमई ग्रुपले आफूलाई धेरै क्षेत्रमा अब्बल सावित गर्दै आएको छ । अटोमोबाइल व्यवसायमा पनि त्यही अग्रता कायम राख्नका लागि मेहनत गर्नुपर्ने अवस्था छ । हाल आईएमई मोटर्सले अशोक लेल्यान्डका बस, ट्रक र टिपर, दोस्त पिकअप र एस्कर्ट्स हेभी इक्विपमेन्ट आदिका साथै पछिल्लो समयमा भित्रिएका राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको छ । अशोक लेल्यान्डका सवारी साधन नेपाली बजारमा बजार हिस्साको आधारमा दोस्रो नम्बरमा रहेको छ भने अन्य ब्रान्डको पनि राम्रै उपस्थिति छ । अब यसलाई अझै सुधारेर अगाडि बढाउनु पर्ने चुनौती छ ।
नेपाली बजारमा अशोक लेल्यान्डका फुल रेन्जका कमर्सियल भेइकल उपलब्ध छन् । लाइट कमर्सियल भेइकलदखि लिएर ट्रक र टिपर जस्ता हेभी कमर्सियल भेइकलसम्म उपलब्ध छन् । लाइट कमर्सियल भेइकलमा दोस्त पिकअप प्रचलित छ । विभिन्न कार्यका लागि उपयोग गर्न सकिने यसका फरक फरक मोडल उपलब्ध छन् । सामान ओसार्नका लागि यसको प्रयोग हुन्छ । त्यसैगरी कम्पनीबाटै जडान भएको अर्थात इन्बिल्ट कन्टेनर भएको सवारी साधन समेत उपलब्ध छ । रेफ्रिजेरेसन सुविधा सहितको गाडीमा अशोक लेल्यान्ड पायोनियर नै हो । हालै गार्बेज ट्रक समेत उपलब्ध गराएको छ । पानी बोक्ने ट्यांकर, एम्बुलेन्स जस्ता धेरै भेराइटी लाइट कमर्सियल भेइकलमा उपलब्ध छन् ।
लाइट कमर्सियलमै दोस्त एक्सप्रेस नामक १३ सिटर भ्यान उपलब्ध छ । यसको माइलेज १९.६ किलोमिटर प्रतिलिटर छ, जुन क्याटागोरीमै बेस्ट हो । त्यसैगरी ट्रक, टिपर आदि इन्टरमिडियट कमर्सियल भेइकल छन् । यो बाहेक ठूला ट्रक र टिपर समेत छन् । नेपाली बजारमा उपलब्ध २५१८ मोडलको दस चक्के टिपर निकै नै लोकप्रिय सवारी साधन हो । हालै क्याप्टेन २५२३ टिपर नेपाली बजारमा उपलब्ध भएको छ र यो नेपाली बजारमा उपलब्ध सबैभन्दा राम्रो टिपर बनेको छ । यो भन्दा ठूला १२ चक्के, १४ चक्के ट्रक पनि नेपाली बजारमा उपलब्ध छन् । २२ चक्के ट्रक पनि भित्र्याउने योजना छ ।

बसको पनि फुल रेन्ज उपलब्ध छ । भाइकिङ २२२ बस नेपाली बजारमा उपलब्ध सबैभन्दा राम्रो बस भएको कम्पनीको भनाइ छ । यो निकै नै लोकप्रिय र आरामदायी तथा बढी माइलेजयुक्त छ । पर्यटकीय क्षेत्रमा यसको धेरै प्रयोग हुन्छ ।
अशोक लेल्यान्डका सवारी साधन भरपर्दा छन् । यी गाडी बलिया छन् र नेपाल जस्तै पहाडी भुभागका लागि एकदमै उपयोगी छन् । नेपाली सडकमा यी गाडीको पर्फमेन्स निकै नै राम्रो छ । यो अवस्थामा प्रोडक्ट मार्केटिङ गर्नुका साथै आफ्टर सेल्स सपोर्टमा पनि विशेष सुधार गरेको ढकाल बताउँछन् । यो भन्दा पहिले पार्ट्स सपोर्टमा केही समस्या थियो । यसलाई पुरै समाधान गरिएको र हाल अशोक लेल्यान्डका पार्ट्स सहजै तरिकाले सबै स्थानमा पाउन सकिने उनी बताउछन् ।
हेभी इक्विपमेन्ट बजारमा हाल एस्कर्ट्स दोस्रो नम्बरमा छ । नेपाली बजारमा एस्कर्ट्सका ब्याकहो लोडर, क्रेन र कम्प्याक्टर गरी तीन सेगमेन्टका इक्विपमेन्ट छन् । क्रेन बजारमा आफूहरु नम्बर एक पोजिसनमा रहेको उनले बताए । क्रेन बजारमा ८० प्रतिशत भन्दा बढी बजार हिस्सा छ । एस्कर्ट्सको क्रेन किन्नका लागि पर्खिन पनि ग्राहक तयार रहने गरेको उनले बताए । सबै भुभागमा पुग्न सक्नु, राम्रो सेल्स टिम, पार्ट्सको उपलब्धता, डिलर र रिटेलरको नेटवर्क आदिले यो सबै सम्भव भएको हो ।
आन्टरप्रेनरसिप नै अध्ययन गरेका ढकाल आईएमई ग्रुप अन्तर्गतकै भेन्चर हायर पर्चेज लिमिटेड र जीएमई सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा समेत डाइरेक्टर छन् । यद्यपि उनको मुख्य ध्यान भने विगत ३ वर्ष यता अटोमोबाइल डिभिजनमै छ ।
आईएमई समूहले जुन क्षेत्रमा व्यवसाय गर्छ, त्यसमा नम्बर वान हुने योजना रहेको र यसैका लागि आफ्नो छनोटमा अटोमोबाइल डिभिजन परेको ढकालको भनाइ छ । उनी भन्छन्, ‘आईएमई ग्रुपका लागि अटोमोबाइल व्यवसाय पनि नयाँ हो । यो डिभिजनको स्थापना अन्य व्यवसायको तुलनामा पछि मात्र भएको हो । म पनि नयाँ केही गरौ भन्ने भइरहेको समयमा मलाई पनि नयाँ क्षेत्रकै जिम्मेवारी दिइएको हो । मलाई पनि यसैमा रमाइलो लागेको छ । मैले सिक्ने कुरा पनि धेरै छन्, सिकिरहेको छु । त्यसैगरी मेरो भिजनलाई व्यवहारमा लागू गर्ने अवसर पनि पाएको छु ।’
अहिलेका युवा पुस्ता र स्टार्टअपलाई उनी चुनौतीपूर्ण कार्यका साथ अगाडि बढ्न सुझाव दिन्छन् । हाल धेरै युवाहरु विदेशिने गरेको सन्दर्भमा चुनौतीलाई चिर्दै भए पनि युवाहरु अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।
अन्य नेपाली युवाहरुको तुलनामा निशान ढकाललाई एक फरक अवसर छ । उनी नेपालकै प्रतिष्ठित व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा हुन् । यस आधारमा उनलाई केही कार्य गर्न र सिक्नका लागि कतै धाउनु नै परेन । आईएमई ग्रुपको विशाल साम्राज्यमा उनी सहज तरिकाले अटाए र त्यसलाई अगाडि बढाउने तयारीका साथ कार्य गरिरहेका छन् । यद्यपि यसमा पनि फरक प्रकारको चुनौती हुने उनको भनाइ छ । भन्छन्, ‘पारिवारिक व्यवसाय भए पनि फरक चुनौती छ । भएको व्यवसायलाई कसरी अझै राम्रो बनाउने र आगामी दिनका लागि कस्तो योजना बनाउने भन्ने चुनौती सधै हुन्छ ।’
पछिल्लो समयमा उनी नेपाल युथ फाउन्डेसन अर्थात एनआईएफमा पनि आवद्ध छन् । त्यहाँ विभिन्न युथ आन्टरप्रेनरहरुको भेटघाट र छलफल हुन्छ । यसबाट पनि उनले अझै सबैसँग घुलमिल हुने अवसर पाएका छन् । आगामी दिनमा यस्तै फोरमहरुमा रहेर नेपाली युवा पुस्तासँग अन्तरक्रिया गर्ने उनले बताए ।
निशान ढकाल नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका समेत सदस्य हुन् । उनी कार्यसमितिमा रहेका सबैभन्दा कान्छा सदस्य पनि हुन् । उनले यसलाई समेत एउटा सिक्ने अवसरको रुपमा लिएका छन् । धेरै अनुभवी र बरिष्ठ व्यवसायीहरु, अनि फरक फरक व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरु भएकाले उनले यहाँबाट धेरै कुरा सिकेको बताउँछन् । कुनै विषयवस्तुमा एउटै आवाज गराउनु र व्यावसायिक हकहितको लागि महत्वपूर्ण भूमिका खेल्नु नाडाको सकारात्मक पक्ष भएको उनको अनुभव छ ।
पछिल्लो समयमा विशेष गरी अशोक लेल्यान्डको ब्रान्ड भ्याल्यु नेपालमा निकै नै बढेको छ । पहिले अन्य आयातकर्ताहरु भएको र यसको ब्रान्ड इमेज राम्रो नभएको अवस्थामा यो ब्रान्डलाई माथि ल्याउनका लागि आईएमई मोटर्सको महत्वपूर्ण भूमिका छ । बिक्री र बिक्री पछिको सुविधाका लागि देशभर डिलर नेटवर्क विस्तार गर्ने र दक्ष जनशक्तिको व्यवस्था गरेर सबै स्थानमा सेवा पु¥याउनका लागि महत्वपूर्ण कार्य भएका छन् ।
आईएमई मोटर्सले अटोमोबाइल व्यवसाय थालेको एक दशक पनि पुगेको छैन । यो अवस्थामा करिव २५ वर्ष भन्दा लामो अवधि देखि व्यवसाय गरिरहेका कम्पनीहरुसँग प्रतिस्पर्धा गरिरहेको छ । मन्दीको असर व्यवसाय र नाफामा समेत परेको छ । यद्यपि यो वर्ष अन्य कम्पनीको तुलनामा आईएमईले राम्रै व्यवसाय गरेको छ ।
अहिलेका युवा पुस्ता र स्टार्टअपलाई उनी चुनौतीपूर्ण कार्यका साथ अगाडि बढ्न सुझाव दिन्छन् । हाल धेरै युवाहरु विदेशिने गरेको सन्दर्भमा चुनौतीलाई चिर्दै भए पनि युवाहरु अगाडि बढ्नु पर्ने उनको भनाइ छ । आफूलाई समाजमा परिचित गराउने र लक्ष्य पनि हासिल गर्ने तरिकाले अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।
धेरैले निशानलाई चन्द्र प्रसाद ढकालको सन्तानको रुपमा चिन्छन् । आगामी दिनमा उनी आफ्नै कार्यबाट परिचित हुन चाहन्छन् । यसका लागि अटोमोबाइल क्षेत्र मात्र नभएर अन्य क्षेत्रमा समेत कार्य गर्ने उनको योजना छ । आगामी दिनमा आईएमई ग्रुपको महत्वपूर्ण खम्बाको रुपमा परिचित भएर अगाडि बढ्ने उनको लक्ष्य छ ।
फाइनान्स क्षेत्रबाट अटोमोबाइल क्षेत्रमा प्रवेश गरेको आईएमई ग्रुपले पछिल्लो समयमा बिक्री र बिक्री पछिको सेवालाई प्रतिस्पर्धात्मक र प्रविधिमैत्री समेत बनाएको छ । यसमा आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकको समेत महत्वपूर्ण भूमिका भएको ढकालको स्विकारोक्ति छ । सबै ग्राहकको रेकर्ड व्यवस्थित गरेर उनीहरुसँग नियमित रुपमा सम्पर्क कायम गर्ने र उनीहरुको आवश्यकता बमोजिमका सुविधा उपलब्ध गराउने कार्यलाई प्रविधिसँग जोडिएको छ । यी सबै कार्यमा आईएमई मोटर्सको टिम र समग्र नेतृत्वको विशेष भूमिका छ । यसमा निश्चित रुपमा निशान ढकालको समेत महत्वपूर्ण भूमिका छ र आगामी दिनमा यो भूमिका अझै बढ्ने अपेक्षा गर्न सकिन्छ ।
काठमाडौं – नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आईएमई...
चितवन – चितवनको भरतपुरमा चलिरहेको अन्तर्राष्ट्रिय औद्योगिक...
काठमाडौं – नेपालमा १ हजार भन्दा बढी दोस्त पिकअप बिक्री भएको उपलक्ष्यमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...