हिरोको नजिक पुग्यो होन्डा वाइकको बिक्री, यी हुन् जुलाईमा भारतमा बिक्री भएका ६ ठूला ब्रान्ड

भारतको दोस्रो ठूलो टु ह्विलर उत्पादक होन्डाले जुलाई महिनामा मोटरसाइकल र स्कुटरको बिक्री वढाएको छ । गत महिनाको तुलनामा होन्डाको बिक्री २.६८ प्रतिशतले बृद्धि हुँदा हिरोको भने १२.१९ प्रतिशतले कम भएको छ । हिरोको बिक्री घट्दा होन्डाले सो व्रान्डसंगको दुरी कम गरेको छ ।

जुलाईमा हिरोले कुल ३ लाख ७१ हजार २०४ बाइक बिक्री गर्दा होन्डाले ३ लाख १० हजार ८६७ युनिट बिक्री गरेको थियो । हिरोले हाँसिल गरेको सो बिक्री परिणाम अघिल्लो वर्षको सोही महिनाको तुलनामा १३.८१ प्रतिशतले कम हो ।

यसैगरी तेस्रो ठूलो टु ह्विलर उत्पादक टीभीएसले सो महिना २ लाख ३५ हजार २३० युनिट वाइक बिक्री गरेको छ । टीभीएसले हाँसिल गरेको सो बिक्री परिणाम जुन महिनाको तुलनमा ०.०२ प्रतिशतले कम हो । बजाजले १ लाख ४१ हजार ९९० युनिट मोटरसाइकल बिक्री गर्दा सुजुकीले ८० हजार ३०३ युनिट मोटरसाइकल र स्कुटर बिक्री गर्न सफल भएको छ ।

यसैगरी, रोयल इन्फिल्डले ६६ हजार ६२ युनिट मोटरसाइकल बिक्री गर्दै सूचीको छैठौ स्थानमा पर्न सफल भएको छ । सो महिना बिक्री भएको मोटरसाइकल र स्कुटरको संख्याका आधारमा यामाहा निकै पछी परेको देखिएको छ ।

सम्बन्धित समाचारहरू

इम्बोस्ड नम्बर प्लेट डेढ वर्षभित्र छापेर वितरण गर्न नसके ९५ प्रतिशत रकम तिर्नुपर्ने 

इम्बोस्ड नम्बर प्लेट डेढ वर्षभित्र छापेर वितरण गर्न नसके ९५ प्रतिशत रकम तिर्नुपर्ने 

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले...

काठमाडौँमा सवारी साधन पार्किङ शुल्क निर्धारण, प्रतिघण्टा कति छ शुल्क ?

काठमाडौँमा सवारी साधन पार्किङ शुल्क निर्धारण, प्रतिघण्टा कति छ शुल्क ?

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि...

प्रतिस्पर्धीले मूल्य बढाएपछि रोयल इन्फिल्डलाई झनै सजिलो, उही सेग्मेन्ट तर मूल्यमा लाखौ फरक

प्रतिस्पर्धीले मूल्य बढाएपछि रोयल इन्फिल्डलाई झनै सजिलो, उही सेग्मेन्ट तर मूल्यमा लाखौ फरक

आगामी आर्थिक वर्षको बजेटमा सरकारले २०० सीसी भन्दा बढी क्षमताका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...