निसान टेक्टनको निर्यात सुरु, नेपाल, भुटान र दक्षिण अफ्रिका पठाइयो पहिलो ब्याच
काठमाडौं–निसानले भारतमा निर्मित आफ्नो नयाँ एसयूभी ‘टेक्टन’ को...
निसान र रेनोको सहकार्यमा भारतमा १३ वर्षभित्र २५ लाख कार उत्पादन भएका छन् । यी दुई कम्पनीले भारतको चेन्नाईमा संयुक्त प्लान्ट संचलान गर्दै आएका छन् । उत्पादन भएका कारमध्ये ११ लाख ५० हजार युनिट विभिन्न राष्ट्रमा निर्यात गरिएको कम्पनीले जनाएको छ ।
निसान–रेनोले हाल भारतमा २० मोडलका कार उत्पादन गर्दै आएको छ । यी कारहरु मध्यपूर्व, यूरोप, ल्याटिन अमेरिका, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण–पूर्वी एसिया, सार्क राष्ट्रहरु र अफ्रिकन राष्ट्रहरुमा निर्यात हुँदै आएका हुन् । दुवै कम्पनीले मिलेर नयाँ उत्पादनको विकासका लागी ६०० मिलियन डलर लगानी विस्तार गर्ने घोषणा गरेका छन् ।
उक्त लगानीमा २ वटा ईभी सहित ६ वटा नयाँ मोडलका कार ल्याउने घोषण यी दुई ब्रान्डले यसअघि नै गरिसकेका छन् । भारतमै उत्पादन हुने कम्पोनेन्ट्सको प्रयोग गरी सवारीसाधन उत्पादन गर्न दुई कम्पनीले छुट्टै नयाँ प्लेटफर्म सीएमएफ–वी तयारी पारिरहेका छन् । सोही प्लेटफर्मममा नयाँ डस्टर छिट्टै बजारमा आउने तयारीमा छ ।
फ्रान्स र जापनका यी दुई ब्रान्डले अन्तराष्ट्रिय स्तरमै एलायन्स बनाएर सवारी साधनको विकास एवं उत्पादन गरिरहेका छन् । सो एलायन्समा अर्को जापनिज ब्रान्ड मित्सुविसी समेत जोडिएको छ । नेपाली बजारमा निसानलाई पायोनिर मोटोकर्प र रेनोलाई एड्भान्स अटोमोवाइलले आयत गरी बिक्री गर्दै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...