यस्तो छ हिरोले सार्वजनिक गरेको पावरफुल इन्जिन सहितको दमदार बाइक

हिरो मोटोकर्पले भारतमा एक्सट्रिम २००एस फोर भल्व भेरिएन्ट लन्च गरेको छ । सो बाइक एक्सट्रिम १६० आर फोरभी फुल फेयर्ड बाइक भन्दा पावरफुल भएको कम्पनीले बताएको छ ।

नयाँ हिरो एक्सट्रिम ४भी अपडेट २०० सीसी ४ भल्व, सिंगल सिलिन्डर, फ्युल इन्जेक्सनको साथ आयल कुल्ड मोटरबाट पावर लिन्छ । ४ भल्व इन्जिनले ८००० आरपीएममा १८.८ बीएचपी र ६५०० आरपीएममा १७.३५ एनएमको टर्क जेनेरेट गर्छ । कम्पनीका अनुसार सो इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ ।

सो बाइक लामो ट्रिममा बढी कन्फर्टका लागि एक न्यु स्प्लिट ह्यान्डलबारमा उपलब्ध छ । यसमा नयाँ रियर टायर हगर पनि उपलब्ध छ । बाइकमा एलईडी डीआरएलको साथमा ट्विन एलईडी हेडल्याम्प, लाइट गाइडको साथ एलईडी टेललाइट समावेश छ । एलसीडी इन्स्ट्रयुमेन्ट कन्सोलको साथमा टर्न बाई टर्न नेभिगेसन र अल÷एसएमएस अलर्ट जस्ता फिचर समावेश छ ।

एक्सट्रिम २००एस ४भीको अगाडि टेलिस्कोपिक फोर्क्स र एक्सट्रिम १६०आर ४भीमा यूएसडी फ्रन्ट फोर्क्सको प्रयोग गरिएको छ । बाइकको अगाडि ७ स्टेप एड्जस्टेबल मोनोशक र १३० एमएम टायर प्रयोग गरिएको छ । सो बाइकले यो सेगमेन्टमा सुजुकी जिक्सर एसएफ र यामाहा आर१५ एससँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

हिरो ब्रान्डका बाइक किन्दा ५ लाख सम्मको क्यास र बम्परमा नेटा भी ईभी जित्न सकिने

हिरो ब्रान्डका बाइक किन्दा ५ लाख सम्मको क्यास र बम्परमा नेटा भी ईभी जित्न सकिने

काठमाडौं – सीजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा...

रोयल इन्फिल्डको बजार खोस्न बजाज र हिरोको जोड, प्रिमियम ब्रान्डसँग मिलेर नयाँ बाइक ल्याउँदै

रोयल इन्फिल्डको बजार खोस्न बजाज र हिरोको जोड, प्रिमियम ब्रान्डसँग मिलेर नयाँ बाइक ल्याउँदै

प्रिमियम लाइफस्टाइल बाइकको बजारमा एकछत्र राज गरिरहेको रोयल इन्फिल्डलाई...

परीक्षणको क्रममा देखियो एड्भेन्चर बाइक हिरो एक्सपल्स २१०, यी परिवर्तनको सम्भावना

परीक्षणको क्रममा देखियो एड्भेन्चर बाइक हिरो एक्सपल्स २१०, यी परिवर्तनको सम्भावना

हिरो एक्सपल्स २१० बाइकको परीक्षण सुरु भइसकेको छ । सो बाइक भारतमा लन्च हुनु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...