यी विशेषताले वन्न सक्छ अल्टो के१० इन्ट्रि लेवल ह्याचव्याकमा नेपालकै उत्कृष्ट कार
लामो प्रतीक्षापछि मारुती सुजुकीले अन्ततः भारतीय बजारमा अल्टो के१० लन्च...
भारतको सवैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीले पछिल्लो समय एकपछि अर्को नयाँनयाँ मोडलका एसयूभी लन्च गरिरहेको छ । कम्पनीले लन्च गरेका ती एसयूभी नेपाली बजारमा समेत आइरहेका छन् । नेपालका लागी आधिकारिक विक्रेता सिजी मोटोकर्पले केही समयअघि नयाँ व्रेजा र ग्रान्ड भिटारालाई एकसाथ लन्च गरेको थियो ।
सव फोर मिटर र कम्प्याक्ट एसयूभी सेग्मेन्टमा राम्रो बजार लिन सफल यी दुई एसयूभी भित्रिएको केही समय अन्तरालमा कम्पनीले सोमबार क्रसओभर सेग्मेन्टको फ्रोङ्क्स र अर्को अफरोडर एसयूभी जिम्नीको मूल्य सार्वजनिक गरेको छ । यी एसयुभीलाई कम्पनीले केही दिन पहिलेदेखी वुकिङ लिँदै आएको थियो ।
मारुती सुजुकीका प्राय सवैजसो नयाँ मोडलले सेग्मेन्टमा बजारको नेतृत्व गर्दै आएको छ । यसअघि आएका भिटरा ब्रेजाले सो सेग्मेन्टमा लामो समयसम्म बजारको नेतृत्व गर्दै आएपनि पछिल्लो समय भित्रिएको नयाँ व्रेजाले भने खासै राम्रो बजार लिन सकिरहेको छैन ।
बजारमा कम्वसन गाडीको माग घटिरहेको र वैंक तथा वित्तिय संस्थाले अटोलोनमा गरेको कडाई जस्ता कारण नयाँ व्रेजा पुरानो व्रेजा जत्तिकै लोकप्रिय हुन नसकेपनि यो सेग्मेन्टमा यसले अहिले पनि बजारको नेतृत्व लिइरहेको कम्पनी स्रोतले दावी गरेको छ । यसैगरी ग्रान्ड भिटारा समेत राम्रै संख्यामा बिक्री भइरहेको उक्त स्रोतको भनाई छ ।
अर्थतन्त्रमा समस्या आउन लागेको भन्दै सरकारले लामो समयसम्म कम्वसन गाडीको आयतमा प्रतिवन्ध लागएपछि नेपाली अटोबजार अहिले एकदमै कठिन अवस्थाबाट गुज्रिरहेको छ । त्यसमाथी ग्राहकको रोजाई इलेक्ट्रिक कार वन्न थालेपछि सवैजसो कम्वसन गाडीको बिक्री नराम्रोसंग प्रभावित वनिरहेको छ । प्यासेन्जर कार बजार इभीमय वनिरहेको सन्दर्भमा नेपाल आएका फ्रोङक्स र जिम्नीलाई सोचे अनुसार बजार लिन चुनौतीपूर्ण हुने देखिएको छ ।
यस्ता छन् यी दुई एसयूभी
ब्रेजाभन्दा कम मूल्य निर्धारण गरिएको फ्रोङ्क्स सीग्मा, डेल्टा र डेल्टा प्लस गरी कुल तीनवटा भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जसको मूल्य क्रमशः ३९ लाख ९९ हजार, ४१ लाख ९९ हजार र ४२ लाख ९९ हजार रुपैँया तोकिएको छ ।
सो नयाँ एसयूभीमा सुजुकीले १.० लिटर टर्वो वुस्टरजेट इन्जिन र १.२ लिटरको के–सीरीज इन्जिनको विकल्प दिएपनि नेपाली बजारमा यसको १.० लिटर टर्वो इन्जिन उपलबध नहुने कम्पनीले जनाएको छ । यसको १.२ लिटर इन्जिनको पावर ८९.७३ पीएस र टर्क ११३ एनएम रहेको छ । ५ स्पीड म्यानुअल ट्रान्समिन जडान गरिएको सो एसयूभीले प्रति लिटर पेट्रोलको खपतमा २१ किलोमिटर माइलेज दिने दावी गरिएको छ ।
फ्रोङ्क्समा अटोमेटिक क्लाइमेट कन्ट्रोल, की–लेस एन्ट्री एन्ड गो, फ्याब्रिक सिट अपहोल्स्ट्री, पावर विन्डो, स्टेयरिङका लागि टिल्ट एडजस्टमेन्ट, डुअल टोन इन्टेरियर पाउन सकिन्छ । त्यसैगरी, हिल होल्ड असिस्ट, रिभर्स पार्किङ सेन्सर, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, रियर डिफोगर, ह्वील कभरसहितको स्टिल ह्वील र हलोजन प्रोजेक्टर हेडल्याम्प दिइएको छ ।
अफरोडर सेग्मेन्टमा निकै नै चर्चित मानिएको जिम्नीलाई सिजी मोटोकर्पले यसअघि जापानबाट आयत गरी बिक्री गर्दै आएकोमा अव भने भारतबाटै आयत हुने भएको छ । यसअघिको जिम्नीमा ३ वटा ढोका दिइएकोमा नयाँ जिम्नीमा भने सुजुकीले ५ वटा ढोका दिएको छ ।
नेपाली बजारमा सो एसयूभी जेटा र अल्फा गरी कुल दुई भेरिएन्टमा आएको हो । जसको मूल्य क्रमशः ५९ लाख ९९ हजार र ६४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । जिम्नीमा आइडल स्टार्ट स्टप विशेषता सहितको १.५ लिटर पेट्रोल इन्जिन जडान गरिएको छ । जसको पावर १०४.८ पिएर र टर्क १३४.२ एनएम रहेको छ । जिम्नीको ग्राउन्ड क्लिरियन्स २१० एमएम रहेको छ । सो एसयुभीमा ९ इन्चको टचस्क्रिन स्मार्ट प्ले प्रो प्लस इन्फोटेन्मेन्ट सिस्टम, ६ वटा एयर ब्याग, इएसपी, हिल होल्ड असिस्ट लगायत फिचर्स पाउन सकिन्छ ।
लामो प्रतीक्षापछि मारुती सुजुकीले अन्ततः भारतीय बजारमा अल्टो के१० लन्च...
सुजुकीले वर्गम्यान स्कुटरको नयाँ भेरियन्ट लन्च गरेको छ । स्ट्रिट इएक्स...
मारुती सुजुकीले हालै लन्च गरेको नयाँ एसयूभी भिक्टोरिसले छोटो अवधिमै ५०...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...