मौद्रिक नीतिले अटो क्षेत्र चलायमान हुने व्यवसायीहरुको भनाइ

काठमाडौं – करिब डेढ वर्षदेखि चलायमान हुन नसकेको अटो क्षेत्र आइतबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले भने केही चलायमान हुने देखिएको छ । कोभिड १९ को महामारी, नेपाल सरकारले २०७९ वैशाख १६ गतेदेखि मंसिरसम्म सवारी आयातमा लगाएको प्रतिबन्धदेखि अटो कर्जामा लगाएको कडाइका कारण अटो क्षेत्र चलायमान हुन सकेको थिएन् । तर नेपाल राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले अटोमोबाइल बजारको मनोविज्ञान उकास्ने रणनीति लिएको देखिएको छ ।

मौद्रिक नीतिका अनुसार २५ लाख रूपैयाँसम्मको अटो कर्जाको भार १५० प्रतिशतबाट घटाएर एक सय प्रतिशत राख्नुपर्ने व्यवस्था गर्न लागिएको हो । यस सम्बन्धमा राष्ट्र बैंकले छिट्टै परिपत्र जारी गर्ने समेत उल्लेख गरेको छ ।

गत असार ७ गते आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नाडाका प्रतिनिधिले गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर निजी गाडी किन्दाको मूल्यको ५० प्रतिशत मात्रै ऋण पाइने व्यवस्था रहेकोमा त्यसलाई बढाएर ८० प्रतिशत पु¥याइदिन सुझाव दिएका थिए । त्यस्तै नाडाले गाडी कर्जाको जोखिम भार व्यवस्थालाई ७५ प्रतिशत कायम गर्नका लागि पनि सुझाव दिएको थियो । तर नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले मौद्रिक नीति अटो व्यवसायले अपेक्षा गरे अनुसार नआएको बताए । उनले भने, ‘हामीले अपेक्षा गरेअनुसारको मौद्रिक नीति आएन । नीतिमा २५ लाखसम्मको कर्जामा हायर पर्चेज भनेको छ त्यसमा सीमा लगाउन हुने थिएन । किनभने २५ लाख भनेको इन्ट्री लेभलको गाडीमा मात्र सम्भव भयो अरुमा भएन । साधारण गाडीलाई ४० लाख देखि ५० लाखसम्म पर्ने गर्छ । जसले गर्दा यसमा हामीले अपेक्षा गरे जस्तो आएन् ।’ यद्यपि अध्यक्ष थापाले मौद्रिक नीतिमा चालु पूँजी कर्जा मार्गनिर्देशिकामा पुनरावलोकन हुँदा समग्र व्यापारमा सहयोग पुग्ने बताए ।

बैंक तथा वित्तीय क्षेत्रको लगानीका हिसाबले नेपालको अटोमोबाइल क्षेत्र सबैभन्दा पारदर्शी तथा कम जोखिमपूर्ण रहेको भन्दै नाडाले विद्यमान मौद्रिक नीतिमा जोखिम भार १५० प्रतिशत रहेका कारण ऋण लगानी गर्ने अवस्था नरहँदा व्यवसायी मर्कामा परेको जनाएको थियो र यो विषयहरु मौद्रिक नीतिले समेटेकोमा नाडा अटोमोबाइल्स एसोसिएसन सन्तुष्ट रहेको महासचिव सुरेन्द्र उप्रेतीले बताए ।

केही समय अघि ७५ प्रतिशत जोखिम भारलाई बढाएर १५० प्रतिशत पुर्याइएको थियो । जसले गर्दा अटो बजार निकै नै संकट मोडमा पुगेको थियो । नाडा अटोमोबाइल्स एसोसिएसनका महासचिव उप्रेतीले पछि जस्तो मौद्रिक नीति आएपनि अहिले सार्वजनिक भएको मौद्रिक नीति अटो क्षेत्रलाई चलायमान बनाउने बताएका छन् । ‘जोखिमभार घटाउनेदेखि, सवारी कर्जालाई पुनरावलोकन गर्ने भनिएको छ । त्यसले गर्दा समग्रमा राम्रो भएको छ ।’ उनले भने, ‘करिब डेढ वर्षदेखि अटोक्षेत्रको व्यापार व्यवसाय बन्द भएको अवस्थामा थियो । शोरुममा गाडी थिएन । कति जना व्यवसायीले व्यापार छोड्न पर्ने स्थिति आएको थियो । धराशायी भएको बेला अहिले सार्वजनिक भएको मौद्रिक नीतिले गर्दा यस पटकको नाडा अटो शो उत्साहजनक हुनेछ ।’

आगामी भदौको अन्तिम सातामा नाडा अटो शो हुने तयारी छ । यो भन्दा पहिले कोभिडका कारण दुई पटक हुन नसकेको अटो शो यस पटक भने उत्साहपूर्ण हुने अपेक्षा गरिएको छ । यसमा मौद्रिक नीतिले पनि थोरै भए पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

अटोमोबाइल क्षेत्रका समस्या समाधान गर्न प्रधानमन्त्री ओली सकरात्मक

अटोमोबाइल क्षेत्रका समस्या समाधान गर्न प्रधानमन्त्री ओली सकरात्मक

काठमाडौं–नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका प्रतिनिधी मण्डलले...

नाडा टिमले ग-यो अर्थमन्त्रीसँग हायर पर्चेज लोन र विभिन्न विषयमा गम्भीर छलफल

नाडा टिमले ग-यो अर्थमन्त्रीसँग हायर पर्चेज लोन र विभिन्न विषयमा गम्भीर छलफल

काठमाडौं – नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले...

नाडाद्वारा ट्राफिक जनचेतनामूलक सामग्री हस्तान्तरण

नाडाद्वारा ट्राफिक जनचेतनामूलक सामग्री हस्तान्तरण

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...