यस्तो छ नेपाल आउने तयारीमा रहेको इलेक्ट्रिक कार किया ईभी–६

किया गाडीको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले नयाँ इलेक्ट्रिक कार ईभी–६ नेपाल ल्याउने अन्तिम तयारी थालेको छ । भदौ अन्तिममा आयोजना हुने नाडा अटो शोबाट डेलिभरी दिनेगरी कम्पनीले यो कारको वुकिङ समेत लिन थालिसकेको छ । कम्पनीले ईभी–६ को मूल्य वाहिर नल्याइसकेको भएपनि १ करोडमाथी पर्ने आँकलन गरिएको छ ।

किया ईभी–६ मा ७७.४ किलोवाट आवर क्षमताका ब्याट्री र १६८.१ किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिंक्रोनास मोटर दिएको छ । यो पावरफुल इलेक्ट्रिक कारलाई एकपटक फुल चार्ज गर्दा ५२८ किलोमिटर गुडाउन सकिने दावी गरिएको छ । यसको टर्क ३५० एनएम रहेको छ ।

सुरक्षाका लागि ईभी–६ मा एडिएएस फिचर पाउन सकिन्छ । त्यसमा पार्किङ डिस्ट्यान्स वार्निङ, ७ वटा एयरव्याग, हाइट अनुसार मिलाउन मिल्ने सिट बेल्ट, इलेक्ट्रोनिक्स अटोहोल्ड पार्किङ ब्रेक जस्ता फिचर उपलब्ध छन् । विश्वभर निकै चर्चा र सफलता पाएको ईभी–६ मा अगाडि र पछाडि नै १७ इन्चको डिस्क ब्रेक, इन्टरग्रेटेड इलेक्ट्रोनिक्स ब्रेकिङ सिस्टम, मल्टी कोलिजन ब्रेक र अटो होल्डसहितको इलेक्ट्रीक पार्किङ ब्रेक दिइएको छ ।

यो कारको इन्टेरियर एकदमै आकर्षक र आरामदायी रहेको छ । कम्पनीले यसमा डबल स्पोक स्टेरिङ ह्वील, हिटेड स्टेरिङ, प्रिमियम लेदर सिट, सेन्टर आर्म रेष्टमा कप होल्डर, मुड ल्याम्प, पछाडि पनि फोल्डिङ गर्न मिल्ने सिट दिएको छ । कियाले ईभी–६ मा १२.३ इन्चको टीएफटी डिस्प्ले दिएको छ ।

साथै यसमा क्रुज कन्ट्रोल, वायरलेस चार्जर, ढोकामा पनि अटो डिफगर, अटोमेटीक क्लाइमेट कन्ट्रोल र प्रिमियम एयर फिल्टर लगायत पाउन सकिन्छ । यो नयाँ कारको ग्राउन्ड क्लिरियन्स १७८ एमएम रहको छ ।

सम्बन्धित समाचारहरू

किया सेल्टोस, सोनेट र क्यारेन्समा अव ७ वर्षको विस्तारित वारेन्टी

किया सेल्टोस, सोनेट र क्यारेन्समा अव ७ वर्षको विस्तारित वारेन्टी

कियाले भारितय बजारमा अब सेल्टोस, सोनेट, साइरोस र क्यारेन्स मोडलमा ७ वर्षको...

सुनराको नयाँ इलेक्ट्रिक स्कुटर नेपालमा, मूल्य १ लाख ८९ हजार

सुनराको नयाँ इलेक्ट्रिक स्कुटर नेपालमा, मूल्य १ लाख ८९ हजार

काठमाडौं – सुनराको नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध भएको छ ।...

विश्वमा बिक्री भएका टप १० ईभी मध्ये ५ बीवाईडी र २ टेस्लाका इलेक्ट्रिक कार

विश्वमा बिक्री भएका टप १० ईभी मध्ये ५ बीवाईडी र २ टेस्लाका इलेक्ट्रिक कार

मार्केट रिसर्च एजेन्सी काउन्टरप्वाइन्ट रिसर्चले सार्वजनिक गरेको पछिल्लो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...