ट्राफिक प्रहरीले आविष्कार केन्द्रलाई दियो १० पुराना बाइक, इलेक्ट्रिकमा रुपान्तरण गरिने

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ुबग्गीखानाु ले राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा पुराना मोटरसाइकल हस्तान्तरण गरेको छ । ती पुराना बाइकलाई केन्द्रले विद्युतीय बाइकमा रुपान्तरण गर्नेछ ।

फेसबुकमा एक पोस्ट गर्दै केन्द्रका संस्थापक तथा अध्यक्ष महाबिर पुनले यस विषयमा जानकारी दिएका छन् ।

यसका लागि प्रहरीले केन्द्रलाई १० देखि १३ वर्ष सम्म पुरानो राम्रो अवस्थामा रहेका १० वटा मोटरसाइकल उपलब्ध गराएको पुनले बताए । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सन्तोष आचार्यले ती बाइकहरू केन्द्रलाई हस्तान्तरण गरेका हुन् ।

यो सहयोगको लागि धन्यवाद व्यक्त गर्दै उपलब्ध मोटरसाइकललाई विद्युतीय मोटरसाइकलमा रुपान्तरण गर्नका लागि परीक्षण गरिने उनले बताएका छन् ।

यी मध्ये २ बाइक तत्काल केन्द्रको लागि प्रयोग गरिने र बाँकी मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण गरिने पुनको भनाइ छ ।

सम्बन्धित समाचारहरू

प्रधानमन्त्री र मन्त्रीहरुका सवारी साधनमा ईभी धेरै, यस्तो छ सम्पूर्ण विवरण

प्रधानमन्त्री र मन्त्रीहरुका सवारी साधनमा ईभी धेरै, यस्तो छ सम्पूर्ण विवरण

हालै प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरुको सम्पत्ति विवरण...

जलाइएको कार्यालयबाट ट्राफिकले सुरु ग-यो काम

जलाइएको कार्यालयबाट ट्राफिकले सुरु ग-यो काम

काठमाडौं–नेपाली सेनाले शुक्रबार (भदौ २७) बिहान ६ देखि ११ बजेसम्म...

यस्तो छ नेपाल आउने तयारीमा रहेको सेरेस व्रान्डको नयाँ इलेक्ट्रिक एसयूभी

यस्तो छ नेपाल आउने तयारीमा रहेको सेरेस व्रान्डको नयाँ इलेक्ट्रिक एसयूभी

नेपाली अटो बजारमा नयाँ व्रान्डको इलेक्ट्रिक व्रान्ड सेरेस भित्रिने भएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...