काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले थाल्यो ‘यात्रुसँग दुई मिनेट’ कार्यक्रम

काठमाडौँ - काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आजदेखि साताव्यापी ‘यात्रुसँग दुई मिनेटʼ ट्राफिक चेतनामूलक कार्यक्रम सुरु गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले आज सुनधारास्थित काठमाडौँ मल अगाडि रहेको बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् ।

गाडी पूर्ण रूपमा नरोकिँदै र बस बिसौनीमा नगई जथाभाबी सवारी चढ्ने र ओर्लने, सवारी साधनको झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता कार्यले सवारी दुर्घटना हुँदै आएका छन् ।

सुरक्षित सडक यात्राका लागि चालक र परिचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्त्वपूर्ण जिम्मेवारी रहने भएकाले यस कार्यक्रमको सुरुवात गरेको जनाएको छ ।

मादक तथा र लागु पदार्थ सेवन गरेर सवारी साधन चलाएको शङ्का लागेमा, सवारी साधनमा बढी भाडा लिएमा तथा दुर्व्यवहार गरेमा र सवारी साधनमा आरक्षण सिटको पालना नगरेमा वा नगराएमा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न पोखरेलले यात्रुलाई अनुरोध गरे ।

अभियानका क्रममा बस बिसौनीबाट मात्र गाडी चढौं, सवारी साधनमा हुने पकेटमारीबाट बचौं, सवारी साधनमा हुने दुर्व्यवहार र अन्य आपराधिक कृयाकलापबाट बचौं लगायत यात्रुले पैदल हिंड्दा र बाटो काट्दा पालना गर्नु पर्ने आधारभुत जानकारी सहितको पर्चा पम्प्लेट यात्रुलाई वितरण गरिएको थियो ।

यात्रुको आवत जावत बढी हुने स्थानहरू काठमाडौँका न्युरोड, शान्तीवाटिका, कालीमाटी, कलङ्की, महाराजगन्ज, चाबहिल, गौशाला, कोटेश्वर लगायतका भक्तपुर र ललितपुरका विभिन्न बस बिसौनीमा आगामी १० गते सम्म यो कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

आज  महाशिवरात्री : पशुपतिक्षेत्रमा सवारी प्रवेश निषेध, कस्तो छ ट्राफिक व्यवस्थापन?

आज  महाशिवरात्री : पशुपतिक्षेत्रमा सवारी प्रवेश निषेध, कस्तो छ ट्राफिक व्यवस्थापन?

महानगरिय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ...

आज राजावादी र गणतन्त्रवादीले कहाँ-कहाँबाट निकाल्दैछन् जुलुस ? जाम छल्न कुन रुट प्रयोग गर्ने ?

आज राजावादी र गणतन्त्रवादीले कहाँ-कहाँबाट निकाल्दैछन् जुलुस ? जाम छल्न कुन रुट प्रयोग गर्ने ?

काठमाडौं – आज गणतन्त्र पक्षधर समाजवादी मोर्चा र व्यवस्था उल्टाउन...

एकैदिन दुई हजार १११ चालक कारवाहीमा, पाँच लाख ६५ हजार राजस्व सङ्कलन

एकैदिन दुई हजार १११ चालक कारवाहीमा, पाँच लाख ६५ हजार राजस्व सङ्कलन

काठमाडौँ–बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक सवारी नियम उल्लङ्घनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...